Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आईसीसी टी-२० विश्वकप : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपालको सनसनीपूर्ण जित

आईसीसी टी-२० विश्वकप : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपालको सनसनीपूर्ण जित

  • 921
    SHARES

  • आईसीसी टी-२० विश्वकप : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपालको सनसनीपूर्ण जित

    काठमाडौं,असाेज २६ ।

    दीपेन्द्रसिंह ऐरीको सानदार बलिङसँगै नेपालले आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा रोमाञ्चक जित निकालेको छ।

    आइतबार सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एक रनको जित निकालेको हो।नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो। योसँगै नेपाल विश्वकपनजिक पुगेको छ। समूह चरणबाटै दुई अंक ल्याएको नेपालले चार अंक पुर्‍याएको छ। ओमानको पनि समान अंक छ। यूएईक भने दुई अंक छ।

    यूएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिँदै एक विकेट लिए। बाँकी दुई ब्याटर रन आउट भए। यूएईका अलिसान सराफुले सर्वाधिक ५८ रन बनाए। ४० बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरे।

    जोनाथन फिगी १९, धुर्व परासर ३२ र जाहिद अली ११ रनमा आउट भए। नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए। सोमपाल कामी, गुलसनकुमार झा र सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए। ४७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे। टी–२० आईमा उनको यो नवौं अर्धशतक हो।

    अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा समान २ चौका र छक्कासहित २८ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो। कप्तान रोहितकुमार पौडेल २०, गुलसनकुमार झा १४ र कुशल मल्ल १० रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेनन्।

    यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक विकेट लिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology