Logo मंगलवार, श्रावण १२ गते २०८३
images

निर्वाचन तयारीका लागि छलफल गर्न २९ दललाई पत्राचार

निर्वाचन तयारीका लागि छलफल गर्न २९ दललाई पत्राचार

  • 1.0K
    SHARES

  • निर्वाचन तयारीका लागि छलफल गर्न २९ दललाई पत्राचार

    काठमाडौँ,असोज २६।

    निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीका लागि छलफल गर्न पहिलो चरणमा २९ राजनीतिक दललाई पत्राचार गरेको छ ।

    आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि आयोगमा हाल दर्ता रहेका १ सय २२ दलमध्ये पहिलो चरणमा २९ दललाई बोलाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

    आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गरेका राजनीतिक दललाई पहिलो चरणमा छलफल गर्न लागिएको प्रवक्ता भट्टराईले बताएका हुन् । ‘दर्ता रहेका १ सय २२ दलसँग नै छलफल गर्छौं,एकैपटक छलफल कठिन हुने हुँदा चरणचरणमा गर्ने तय भएको हो, पहिलो चरणमा २९ वटालाई बोलाएका हौं,’ भट्टराईले भने ।

    आयोगले बुधबार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका २९ दललाई पत्राचार गरेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology