Logo मंगलवार, श्रावण १२ गते २०८३
images

होटल पौवामा भोलि सराय नाच,पाल्पा रैनादेवीको कालिका युवा क्लवले प्रस्तुती देखाउने

होटल पौवामा भोलि सराय नाच,पाल्पा रैनादेवीको कालिका युवा क्लवले प्रस्तुती देखाउने

  • 2.3K
    SHARES

  • होटल पौवामा भोलि सराय नाच,पाल्पा रैनादेवीको कालिका युवा क्लवले प्रस्तुती देखाउने

    बुटवल,असोज २४।

    लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा९३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (असोज २५ साँझ ५ः३० बजे )देखि लोपोन्मुख सराय नाच प्रदर्शन हुने भएको छ । 

    लुम्बिनी प्रदेशका पहाडी भेगहरू गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतका जिल्लाहरूमा प्रचलित धार्मिक र सांस्कृतिक महत्व बोकेको सराय नाचले दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीयालीलाई चित्रण गर्छ । 

    यसवर्ष पौवा सराय नाच सांस्कृतिक महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् । 

    महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले जानकारी दिएका छन् ।  “नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दैआएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने विश्वास छ ।”, भण्डारीले भने । 

    महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै पहाडी परम्परागत खानपिनको स्वाद लिन सकिनेछ । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनी लगायतका नेपाली परिकारका स्टलहरू राखिनेछ । 

    होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मुलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् । 

    नेपालगन्जमा पाँचतारे होटलको निर्माण कार्य सम्पन्न भै ब्यान्क्वेट सेवा, फाइन डाइन रेस्टुरेन्ट र नेपाली ब्रान्ड भात भान्सा सञ्चालनमा छन् । ब्राण्ड प्रमुख भण्डारी भन्छन्, ‘नेपालीपनको आतिथ्यतालाई आत्मसात गर्दै आएको पौवाले तारे होटलमा पनि सुलभ मूल्यमा रैथाने स्वादको खाना खुवाउन भातभान्सा नामको नयाँ ब्रान्ड सञ्चालन सुरु गरेको हो । नेपालगन्जबाट सुरु भएको यो ब्रान्ड पौवाको भैहरवाको शाखामा पनि स्थापित भएको छ ।’ 

    होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए । “नेपाली कला, संस्कृति, रहनसहन, भेषभूषा र खानपिनको प्रवद्र्धनले पर्यटन उद्योगमा महत्वपूर्ण भूमिका खेल्छ ।

    पौवाले हरेक चाडपर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउँदै नेपाली आतिथ्यताको पहिचानलाई विश्वसामु पुर्याउने प्रयास गरिरहेको छ ।” अध्यक्ष भण्डारीले भने । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology