Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश : जेनजीको आवाज नसुन्नु गल्ती थियो,विनम्रतासाथ स्विकार्नुपर्छ

प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश : जेनजीको आवाज नसुन्नु गल्ती थियो,विनम्रतासाथ स्विकार्नुपर्छ

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री कार्कीको भिडिओ सन्देश : जेनजीको आवाज नसुन्नु गल्ती थियो,विनम्रतासाथ स्विकार्नुपर्छ

    काठमाडौं,असोज २४ ।

    प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्।

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडिओ सम्बोधन जारी गरी यो सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्। युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने धारणा पनि उनले राखेकी छन्।

    ‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ, ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ। उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेन।

    उनीहरुको माग सम्बोधन गर्न सकेन। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।’

    भिडिओ:


     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology