Logo बिहिवार, आश्विन १ गते २०८३
images

आईसीसी टी–२० विश्वकप : जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

आईसीसी टी–२० विश्वकप : जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

  • 792
    SHARES

  • आईसीसी टी–२० विश्वकप : जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल

    काठमाडौं,असोज २४ ।

    आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा समूह चरण शुक्रबार समाप्त हुँदैछ। नेपालका लागि यो खेलमा अर्को जित होइन, समूह ‘बी’ शीर्षस्थान सुरक्षित गर्ने निर्णायक लडाइँमा हुनेछ।

    ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ। यो खेलमा रोहितकुमार पौडेल नेतृत्वको नेपाली टोली आत्मविश्वासले भरिएको छ।

    पहिलो खेलमा कुवेतमाथि ५८ रनको सशक्त जित निकाल्दै नेपालले सुपर सिक्समा स्थान बनाइसकेको छ। तर, अब ध्यान समूह विजेताको रूपमा अघि बढ्नेमा केन्द्रित छ।

    नेपालका ओपनर कुशल भुर्तेलले ओमनविरुद्ध ६६ रनको इनिङ्स खेल्दै लय पक्रिएका छन्। बलिङमा सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान दुई–दुई विकेट लिएपछि टोलीको सन्तुलन अझ बलियो बनेको छ। पौडेलको कप्तानीमा टिममा ब्याटिङ र बलिङ दुवैमा स्पष्ट विश्वास देखिन्छ।

    तर, जापान पनि अब कमजोर विपक्षी होइन। कुवेतमाथि ५ विकेटको जितपछि केन्डल काडोवाकी फ्लेमिङको टोली आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ। इसाम रहमानको ६४ रन र डेक्लन सुजुकी म्याककोम्बको ३ विकेटले जापान पनि नेपालसँगै सुपर सिक्समा पुगिसकेको छ।

    दुवै टोली सुपर सिक्समा पुगिसके पनि समूह विजेताको टुंगो आजको नतिजाले निर्धारण गर्नेछ। नेपाल र जापान पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय मैदानमा आमनेसामने हुन लागेका हुन्। नेपाली टोलीका लागि यो नयाँ चुनौती मात्र होइन, आफ्नो उदीयमान प्रभुत्व पुष्टि गर्ने अवसर पनि हो।

    यो खेल समूह चरणको सबैभन्दा प्रतीक्षित खेल बन्न पुगेको छ। यसले अंकतालिकामा होइन, आत्मविश्वास र विश्वकपतर्फको यात्राको दिशासमेत तय गर्नेछ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology