Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलकी सुम्निमाले ल्याइन् कक्षा १२ मा जीपीए फाेर,नेपाल प्रथम भएको न्यू होराइजनको दाबी

बुटवलकी सुम्निमाले ल्याइन् कक्षा १२ मा जीपीए फाेर,नेपाल प्रथम भएको न्यू होराइजनको दाबी

  • 15.3K
    SHARES

  • बुटवलकी सुम्निमाले ल्याइन् कक्षा १२ मा जीपीए फाेर,नेपाल प्रथम भएको न्यू होराइजनको दाबी

    बुटवल,माघ २०-

    हिजाे सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् । उनी नेपाल प्रथम भएको विद्यालयको दाबी छ । 

    देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलकी सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।sumnima shrestha.jpg

    विज्ञान संकायकी छात्रा सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा१.५६ अंक गरी जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले नागरिक अनलाइनलाइ बताए ।

    ‘विज्ञान संकायबाट उनी नेपाल प्रथम भइन्,अहिलेसम्महरु जिल्लाबाट याे नतिजा आएकाे छैन ।’ उनले सुनाए । उनको सिम्बोल नम्बर २४९०११८८ हाे ।

    विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३.९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३.८४ जीपीए हासिल गरेका छन् ।

    ९० जना मध्ये विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकाको २३ जनाले ए प्लस ग्रेड हासिल गरेको बिद्यालयका प्राचार्य लाेकनाथ उपाध्यायले नागरिक अनलाइनलाइ बताए । राष्ट्रिय परीक्षा बोर्डले सोमबार नतिजा सार्वजनिक गरेको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology