Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती

ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती

  • 1.2K
    SHARES

  • ओली र प्रचण्डको  सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती

    बुटवल,असोज २३ ।

    सरकारले पूर्वप्रधानमन्त्रीद्वय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गरेको छ ।

    गृह मन्त्रालयले मापदण्डभन्दा बढी लगेका बहालवाला र पूर्वपदाधिकारीका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएपछि ओली र दाहालको टोली पनि कटौती भएको हो ।

    गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले वहालवाला र पूर्वपदाधिकारीले लगेका मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्न जनपथ र शसस्त्र प्रहरीलाई निर्देशन गैसकेको जानकारी दिनुभयो ।

    विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार, पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थहरूलाई सुरक्षा व्यवस्था गर्ने प्रावधान छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले कसले कति सुरक्षाकर्मी लगेका मापदण्डविपरीत लगेका छन् भन्ने विवरण भोलिसम्म यकिन भैसक्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आश्विन २३ २०८२१०:०६:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology