बुटवल,असोज २१ ।
पश्चिम नेपालको पहाडी जिल्लामा प्रचलित सराँय नाच बुटवलमा प्रदर्शन गरिएको छ ।
दशैंको अवसरमा लुम्बिनीका अर्घाखाची, गुल्मी र पाल्पा जिल्लामा लोकप्रिय सराँय बुटवल नवदुर्गा मन्दिर समितिको आयोजनामादेविनगरमा प्रदर्शन गरिएको हो ।
पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उदेश्यले बुटवलमा विगत १६ बर्षदेखि सराय नाँच देखाउन थालिएको हो ।
भाला, खुकुरी र बाजागाजासहित सराय नाच देखाइएको थियो ।
लुम्बिनी बाणिज्य क्याम्पस प्राङगणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगतका १५ बर्षदेखि सराय नाँच देखाउन थालिएको नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले बताए ।
परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि बुटवलमा सराँय नाच देखाइएको सराय संयोजक तथा मन्दिरका बरिष्ठ उपाध्यक्षकुलबहादुर केसीले बताए ।
गुल्मी अर्घाखाँची र पाल्पा जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।
पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा जानकारी नै नभएको अवस्थामा बुटवलमा भने बर्षेनी यो नँच देखाउदा युवा पुस्ताको समेत रुचि बढ्दै गएको छ ।
बुटवल देविनगरमा सराय हेर्नका लागि मानिसहरुको बाक्लो भिड लागेको थियो सराँय नाच प्रदर्शन कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पछिल्लो पुस्तालाई सराय नाँचको बारेमा थप जानकारी गराउदै संस्कृतिको संरक्षणका लागि सराय महत्वपूर्ण हुने बताए ।
बुटवलमा नियमित रुपमा दशैंको पूणिर्माका दिन सराय नाच प्रदर्शन गर्ने गरिएको छ ।
सबै तस्वीरहरु : कपिल ज्ञवाली/नागरिक अनलाइन ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)