Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा २ बर्ष भित्र खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशमा २ बर्ष भित्र खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री चौधरी

  • 3.0K
    SHARES

  • लुम्बिनी प्रदेशमा  २ बर्ष भित्र खानेपानीको समस्या समाधान हुन्छ : मन्त्री चौधरी

    बुटवल, माघ १९ ।

    लुम्बिनी प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश सरकारले अबको ३ बर्ष भित्र प्रदेशका सवै घरहरुमा एक घर एक धारा जडान हुने बताउनु भएको छ ।

    उहाँले प्रदेशका १२ वटै जिल्लामा खानेपानी समस्याको दिर्घकालिन समधानका लागि एक घर एक धारा अभियान चलिरहेको बताउँदै कुनै पनि नागरिकले खानेपानीका लागि घण्टै हिडेर ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । बुटवल १२ स्थित तामनगर राजपुर खानेपानी, उपभोत्ता तथा सरसफाई संस्थाको १२ औं बार्षिक साधारण सभा तथा नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश र संघ बाट हस्तान्तरण भइ आएका १३ सय बढि खानेपानी योजना प्रदेशमा निर्माण भएको भन्दै २ बर्ष भित्र खानेपानीको समस्या समधान हुने बताउनुभयो ।

    उहाँले खानेपानी संस्थाहरुको स्तरबृद्धि गर्दै नागरिकलाई सर्वसुलभ मुल्यमा पानी खुवाउन प्रदेश सरकार लागि परेको समेत बताउनुभयो । उहाले प्रदेश भर सञ्चालनमा रहेका खानेपानी योजनाका लागि प्रदेश सरकारको बजेट कम हुने बताउँदै संघ बाट बजेट थप गरी योजनालाई समयमै सम्पन्न गराउने समेत प्रतिबद्धता जनाउनुभयो । प्रदेश बाट सञ्चालित ६ सय बढि आयोजना र संघ बाट हस्तान्तरण भइ आएका करिव ७ सय आयोजना क्रमश तीन बर्ष भित्र पुरा गर्ने उहाँको भनाई छ ।

    कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका कार्यालय प्रमुख राज कुमार चौधरीले स्वच्छ खानेपानी उपभोत्तालाई सर्वसुलभ मुल्यमा उपलब्ध गराउन संस्थालाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष जि बहादुर राहाडीले खानेपानीको पाईप लाइनलाई अझै विस्तार गर्दै धेरै उपभोत्ताहरुलाई सेवा दिने बताउनुभयो।

    उहाले खानेपानी तथा सरसफाईका क्षेत्रमा संस्थाले उलेख्य काम गरेको बताउदै आगामी दिनमा स्थानिय सरकार र प्रदेश सरकार संग समन्वयन गरी कार्य गर्ने बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष कल्पना आचार्यले आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

    सो अवसरमा पुर्वधारमन्त्री चौधरीले २९ लाखको लगानीमा निमित्त भएको कार्यालय भवन समेत उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उपाध्यक्ष कर्ण बहादुर पुनको स्वागत तथा सचिव रुपेश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology