बुटवल,असोज १२।
दोभान कृषि बहुउद्देशीय सहकारी संस्था तिनाउ ३ ,पाल्पाको साधारणसभा सम्पन्न भएको छ ।
ज्येष्ठ शेयर सदस्य चिरन्जिबी घिमिरेको प्रमुख आतिथ्यतामा १७ औं बार्षिक साधारण सभा तिनाउ- २, गणेश महिला समुहको भवनमा सम्पन्न भएको हो।
अध्यक्ष सन्तोष सेरचनले पेश गर्नु भएको प्रतिबेदन तथा प्रस्ताव र लेखा समिति सयोजक शिब पाण्डेले पेश गर्नु भएको लेखा प्रतिबेदन सभाले पास गरेको छ ।
उद्यमि किसान जानुका थापा, सिता भट्टराई, मनमाय चिदी, जित बहादुर थापा, लाल बहादुर आलेलाइ सम्मान गरेको छ । त्यसैगरी डेरी व्यवस्थापक बिक्रम कुमाल, सस्थापक अध्यक्ष चोपलाल गिरी, उपाध्यक्ष्य मालमती थापालाइ कदर पत्र सहित मायाको चिनो प्रदान गरेको छ ।
बाल बचतकार्ताहरु मध्ये गोलाप्रथा बाट छनौट भएकालाइ पुरस्कृत गरिएको छ। सभाले सहकारिले सचालन गर्दै आएको कृषि उद्यमशीलता प्रबर्द्धन र शेयर धनी कल्याणकारी कार्यक्रमलाइ निरन्तरता दिने प्रस्ताबलाइ स्वीकृत गरेको छ । सहकारिले किसानको हक हितमा पैरवी र वकालत गर्ने, पालिका , बिभिन्न संस्था संग समन्वय गरि कृिष कार्यक्रम सँचालन गर्ने ।
सहकारी आफैले कुटानी पिसानि मिल, उद्यमशीलता बिकास जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ । दशै तिहारमा हुने खसी बोकाको बिक्री बितरणमा सहयोग गर्ने र अभिलेख राख्ने योजना बनाएको छ।
कार्यक्रम मा बोल्ने बक्ताले सहकारीले लिएको उद्देश्यहरू कृषि उपज ,कृषक क्षमता विकास ,प्रर्वदन तथा बजारिकरणमा जोड दिनु पर्ने सुभावहरू गरेका थिए। लेखापरीक्षक राम प्रसाद पौडेलले सहकारीको बित्तीय पक्ष बलियो भएको भन्दै सुधार गर्नु पर्ने क्षेत्र र नितिगत ब्यबस्था बारे प्रशिक्षण दिनु भएको थियो ।
सस्थाका अध्यक्ष सन्तोष सेरचनको अध्यक्षतामा भएको सभा उपाध्यक्ष साबित्रा पाण्डेको स्वागत तथा सचिव बिष्णु पाण्डेले कार्यक्रम सचालन गर्नु भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)