काठमाडौँ,असोज ९ ।
प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता सुनाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले सरकारले फागुन २१ गते हुने निर्वाचनको लागि प्रारम्भिक कार्य सुरु गरिसककेको बताएकी छन् ।
यसका लागि निर्वाचनसम्बन्धी कानूनमा अध्यादेशमार्फत संशोधन गर्दै मतदाता नामावली अद्यावधि गरेका, निर्वाचन आयोगसँग सुरक्षा, निर्वाचन सामाग्री तथा सुरक्षाबारे छलफल गरेको र विदेशमा रहेका नागरिकसमेत निर्वाचनमा सहभागी हुन पाउने विषयमा समेत परामर्श गरिएको उनले बताइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)