Logo बिहिवार, आश्विन १ गते २०८३
images

जी–२५ सेभेन साईड भेट्रान्स कपको फाइनल भोलि,उपाधिका लागि ११ र ६ भिड्ने

जी–२५ सेभेन साईड भेट्रान्स कपको फाइनल भोलि,उपाधिका लागि ११ र ६ भिड्ने

  • 1.1K
    SHARES

  • जी–२५ सेभेन साईड भेट्रान्स कपको फाइनल भोलि,उपाधिका लागि ११ र ६ भिड्ने

    बुटवल, असोज ९ ।

    बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको लागि वडा नं. ११ र वडा नं. ४ बिचमा खेल हुने भएको छ ।

    विहिबार भएको पहिलो सेमीफाईनल खेलमा वडा नं. ११ ले वडा नं. ३ लाई २–० गोलले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको छ ।

    यसैगरि दोस्रो सेमीफाईनलमा वडा नं. ६ ले वडा नं. ४ लाई ३–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । फाईनल खेल शुक्रबार दिउसो ३ बजे हुने संयोजक रमेश कुमार जोशीले बताए । यसैबिच आयोजक र पत्रकार बिचमा शुक्रबार बिहान मैत्रीपूर्ण खेल समेत आयोजना गरिने उनले बताए ।

    जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा देविनगरस्थित एन्फा खेलमैदानमा भएको पहिलो सेमीफाईनल खेलमा वडा नं. ११ को जितमा यम बहादुर बुचा, विजय रायमाझीले गोल गरे । खेलमा वडा नं.११ का सोम बहादुर थापा (सुरज)  म्यान अफ दी म्याचबाट पुरस्कृत भए । अर्को खेलमा वडा नंं ६ को जितमा अशोक खड्काले २ तथा चन्द्रमान श्रेष्ठले एक गोल गरे । खेलमा अशोक खड्का म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैया र कपबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए ।

    नगरमा रहेका भेट्रान्स खेलाडीहरुलाई पुर्नताजगी गराउने गरि फुटबल प्रतियोगिता गरिएको प्रतियोगितामा १४ वटा वडाका खेलाडीहरु सहभागी छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology