Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

  • 798
    SHARES

  • कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने आयोगको निर्णय

    काठमाडौँ,असोज ९ ।

    निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

    आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

    ‘आगामी कार्तिक मसान्तसम्म मतादाता नामावली सङ्कलन गर्ने निर्णय भएको छ’, भण्डारीले रातोपाटीसँग भने, ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन् । आजैबाट अव मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको छ ।’

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology