Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका जगत पोखरेल बने उद्योग बाणिज्य महासंघको कर तथा राजस्व समितिको आमन्त्रित सदस्य

बुटवलका जगत पोखरेल बने उद्योग बाणिज्य महासंघको कर तथा राजस्व समितिको आमन्त्रित सदस्य

  • 2.4K
    SHARES

  • बुटवलका जगत पोखरेल बने उद्योग बाणिज्य महासंघको कर तथा राजस्व समितिको आमन्त्रित सदस्य

    बुटवल,असोज ८ ।

    युवा उद्यमी पोखरेललाई उद्योग वाणिज्य महासङ्घको महत्वपूर्ण जिम्मेवारी 

    भिजन नेपाल लगायत दर्जनौं व्यावसायिक संस्थाका नेतृत्वकर्ता तथा युवा उद्यमी जगत पोखरेललाई उद्योग वाणिज्य महासंघको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। महासङ्को अति महत्त्वपूर्ण मानिने कर तथा राजस्व समितिको आमन्त्रित सदस्यका रुपमा पोखरेललाई जिम्मेवारी दिएको हो। 
    महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमी पोखरेललाई महासङ्घको तर्फबाट कर तथा राजस्व सम्बन्धी सुझाव तयार पार्ने गरी जिम्मेवारी दिनुभएको हो। 
    महासङ्ख्या केन्द्रीय सदस्य अम्बिका प्रसाद पौडेल सभापति रहेको त्यस समितिले कर तथा राजस्व सम्बन्धी नीतिगत व्यवस्थाहरूको समीक्षा गर्दै सुझाव तयार पार्ने गर्दछ। 
    नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष समेत रहनुभएका पोखरेल  भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, ट्रस्ट माइक्रो इन्सुरेन्स लगायतका व्यावसायिक संस्थाहरूको संस्थापक हुनुहुन्छ। 
    उहाँकै नेतृत्वमा कास्कीस्थित सेती नदी जलविद्युत आयोजनाबाट २५ मेगावाटको जलविद्युत उत्पादन भइरहेको छ भने अरु ३००भन्दा बढी मेगावाट जलविद्युत उत्पादन गर्ने आयोजनाहरूको काम भइरहेको छ।95450914f32764b0d9471a1fa1c50b0c.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology