Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा अन्तिम चारको टुंगो

जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा अन्तिम चारको टुंगो

  • 1.4K
    SHARES

  • जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा अन्तिम चारको टुंगो

    बुटवल, असोज ८।
    जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । बुधबार भएको खेलमा वडा नं. ४, वडा नं. ३, वडा नं. ११ र वडा नं. ६ अन्तिम चारमा स्थान बनाएको हो ।

    विहिबार सेमीफाईनल खेलमा वडा नं. ११ र ३ तथा दोस्रो खेलमा वडा नं. ४ र ६ का बिचमा खेल हुने संयोजक रमेश कुमार जोशीले बताए ।

    देविनगरस्थित एन्फा खेलमैदानमा भएको खेलमा वडा नं. ४ ले वडा नं. ९ लाई ८–० गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. ४ का अशोक सेनले सर्वाधिक गोल गर्दै म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि अर्को खेलमा वडा नंं ११ ले वडा नंं १ लाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं. ११ का याम बुचा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
    यसैगरि अर्को खेलमा वडा नंं ६ ले वडा नं. १३ लाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा वडा नं. ६ का हिमाल गौचन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    बुधबार नै भएको अर्को खेलमा वडा नं. ३ ले वडा नं. १५ लाई ३–० गोलले पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो । खेलमा वडा नं. ३ का रनबहादुर गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । विजेता टिमले नगद ५५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैया र कपबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए ।

    नगरमा रहेका भेट्रान्स खेलाडीहरुलाई पुर्नताजगी गराउने गरि फुटबल प्रतियोगिता गरिएको प्रतियोगितामा १४ वटा वडाका खेलाडीहरु सहभागी छन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आश्विन ८ २०८२०७:४२:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology