Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर : राष्ट्रिय जनमोर्चा

तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर : राष्ट्रिय जनमोर्चा

  • 474
    SHARES

  • तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर : राष्ट्रिय जनमोर्चा

    बुटवल, असोज ७ ।

    राष्ट्रिय जनमोर्चाले जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    बुटवलमा सम्पन्न जनमोर्चा केन्द्रीय कार्यालयको बैठकले जेनजी प्रदर्शनमा भएको तोडफोड र आगजनीको विस्तृत रूपमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो । पार्टी अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै निर्वाचनबारे आगामी केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने जनाएका हुन् । राष्ट्रपतिले अन्तरिम सरकारलाई ६ महिनाभित्र निर्वाचन गराउने कार्यादेश दिएकोमा सरकारले अझै कुनै निर्णय नगरेको उल्लेख गरे ।

    यस्तै आगामी दिनमा प्रतिगमनविरुद्ध समान समझदारी कायम हुने राजनीतिक शक्तिहरूसँग कार्यगत एकता वा तालमेल गर्ने अध्यक्ष केसीले बताएका छन् । केन्द्रीयस्तरमा समझदारी भएपछि मात्र जिल्ला तहका कमिटीले तालमेल वा एकता गर्न सक्ने केन्द्रीय कार्यालयको निर्णय छ ।

    तर, असंवैधानिक तरिकाले मन्त्रिपरिषद् गठन गरेको, संसद विघटन गरिएको जस्ता विषयमा भने जिल्ला र जनवर्गीय मोर्चाहरूले वक्तव्य दिन सक्ने अध्यक्ष केसीले जनाएका छन् । राजावादी र स्वतन्त्रसँग भने कुनै पनि तालमेल तथा सहकार्य नहुने उनले स्पष्ट पारे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology