Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता शुरू,वडा नं. ११ को विजयी सुरुवात

प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता शुरू,वडा नं. ११ को विजयी सुरुवात

  • 1.6K
    SHARES

  • प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता शुरू,वडा नं. ११ को विजयी सुरुवात

    बुटवल, असोज ७ ।

    जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा सुरु भएको वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा वडा नं. ११ ले विजयी सुरुवात गरेको छ ।

    देविनगरस्थित एन्फा खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं. ८ माथि ४–० को जित निकाल्दै वडा नं. ११ दोस्रो चरणमा प्रवेश गरेको हो । वडा नं. ११ को जितमा विजय रायमाझी र यम बहादुर बुचाले समान दुई–दुई गोल गरे ।

    खेलमा वडा नं. ११ का विजय रायमाझी म्यान अफ दि म्याचबाट पुरस्कृत भए । पहिलो दिनकै दोस्रो खेलमा वडा नं. १३ ले वडा नं. ७ लाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेको छ । वडा नं. १३ को जितमा भरत काउचा र प्रेम गुरुङले गोल गरेका थिए ।IMG_6329.jpeg

    वडा नं. ७ का महेन्द्र कार्कीले सान्त्वना गोल गरे । खेलमा वडा नं. १३ का देवराज पुन म्यान अफ दि म्याचबाट पुरस्कृत भए । मंगलबार नै भएको अर्को खेलमा वडा नं. १० उपस्थित नभए पनि वाकओभर हुँदै वडा  नं. १ विजयी घोषित गरिएको खेल संयोजक रमेश कुमार जोशीले बताए ।

    विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भएको प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेल हबका रूपमा नगरलाई पहिचान दिने गरि काम भइरहेको बताए ।

    प्रतियोगितामा १४ वटा वडा सहभागी रहेको क्लबका अध्यक्ष जगदीश न्यौपानेले बताए । नगरमा रहेका भेट्रान्स खेलाडीहरूलाई पुर्न ताजगी गराउने गरि फुटबल प्रतियोगिता गर्न लागेको उनले बताए ।IMG_6359.jpeg

    प्रतियोगिताको विजेता टिमले नगद ५५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र, उपविजेता टिमले नगद २५,५५५ रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तथा हाइ स्कोरर, उत्कृष्ट खेलाडी र उत्कृष्ट किपरलाई नगद ५ हजार रुपैयाँ र कपबाट पुरस्कृत गरिने उपाध्यक्ष मदन पौडेलले बताए।

    कुल ८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको सचिव रेसम महराले बताए ।कार्यक्रमको संचालन महासचिव किशोर पंगेनीले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आश्विन ७ २०८२०६:५०:२६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology