Logo बिहिवार, आश्विन १ गते २०८३
images

ब्यवसायीको गुनासाे:‘सरकारले ब्यवसायमैत्री नीति र वातावरण बनाउनै सकेन’

ब्यवसायीको गुनासाे:‘सरकारले ब्यवसायमैत्री नीति र वातावरण बनाउनै सकेन’

  • 2.8K
    SHARES

  • ब्यवसायीको गुनासाे:‘सरकारले ब्यवसायमैत्री नीति र वातावरण बनाउनै सकेन’

    बुटवल,माघ १९- 

    लुम्बिनी प्रदेशका उद्याेग पर्यटन वन तथा वाताबरणमन्त्री लिला गिरीले उपभोक्तामुखी उत्पादनमा जोड दिएका छन् । उनले बजारमा उत्पादन भइ उपभोक्ताका घरघरमा पुर्याउने सबैप्रकारका बस्तुहरुको गुणस्तर र उपभोक्ताको हित बमोजिमको हुनुपर्ने बताएका हुन् । 

    रुपन्देही मिष्ठान्न क्याटरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघको १६ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशनको सोमबार बुटवलमा उद्घाटन गर्दै मन्त्री गिरीले सरकारले नीजिक्षेत्रका ब्यबसायीलाइ सम्मानका साथ ब्यबसायमैत्री वातावरण बनाउने प्रयास गरिरहेको दाबि गरे।

    गिरीले कोभिडका कारण अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै निजि क्षेत्रका उद्योग ब्यबसायलाई राहात प्रदान गर्न कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

    सो अबसरमा बोल्ने ब्यवसायीले मुलुकलाई आत्मनिर्भर बन्न सघाउ पुराउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने ब्यबसायलाई सरकारले दण्डित गरेको गुनासो गरेका छन् । उनीहरुले मिष्ठान्न, क्याटरिड्ड र पार्टी प्यालेस ब्यवसायलाई संरक्षण गर्ने राज्यको दायित्व भएपनि ब्यबसाय संचालनको सहि वातावरण निर्माण हुन नसकेको औंल्याए ।misthanna.jpg

    मिष्ठान्न क्याटरिड्ड तथा पार्टी प्यालेस ब्यबसायी महासंघका अध्यक्ष लिलाबहादुर जिसीले राज्यले उपेक्षा गरेकै कारण राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालिन असर पर्नेतर्फ राज्यपक्षलाई ध्यानाकर्षण गराउदै आफुहरु राज्यलाई सहयोग गर्न तत्पर रहेको बताए ।
    नेपाली कंँग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले सरकारले निजि क्षेत्रका उद्योगी ब्यबसायीलाई हेर्न दृष्टिकोण सकारात्मक नरहेको टिप्पणी गर्दै तत्काल राहात प्याकेज ल्याउन माग गरेका छन् ।

    उनले आफु सदैब ब्यबसायीको पक्षमा रहेको  र रहिरहने बताए । रुपन्देही मिष्ठान्न, क्याटरिड्ड तथा पार्टी प्यालेस ब्यबसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले राज्यले ठुला होटेल ब्यबसायीको प्रभावमा परेर साना ब्यबसायमाथि बिभेदकारी नीति अवलम्बन गरेको आरोप लगाए । उनले कोभिडका कारण थला परेको पर्यटन उद्योग ब्यबसाय क्षेत्रलाई राज्यले राहातको कार्यक्रम नल्याएकोमा चिन्ता ब्यक्त गरे । 

    उपभोक्ताको हितमा कलम चलाएको भन्दै पत्रकार ज्ञवालीलाइ सम्मान :

    संघका अध्यक्ष लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको पहिचान स्थापित गर्न ,ब्यबसायीक हक हित र आम उपभोक्ताको हितको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार कपिल ज्ञवालीलाइ नगद,दोसल्ला तथा कदर पत्रले सम्मान गरिएको थियो । डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल ज्ञवाली नागरिक अनलाइनका प्रधानसम्पादक हुन् ।उनी  बुद्ध टेलिभिजनका समाचार संयाेजक , तथा अनलाइनखबरमा आबद्ध छन् ।

    कार्यक्रममा बुटवल नगरपालीकाका पुर्व प्रमुख पुनाराम पोखरेल ,महासंघका उपाध्यक्ष कृष्ण पाण्डे, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, , होटेल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष समुन्द्र जिसी, संघका सचिव कृष्ण सापकोटा लगायतले ब्यबसायीका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए ।

    कार्यक्रममा संस्थाका नया सदस्य तथा अतिथिहरुलाइ सम्मान गरिएको थियो । 

    पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नेतृत्व चयन :

    अधिबेशनले ३ बर्षे कार्यकालका लागि पुनः लक्ष्मण पोखरेलको अध्यक्षतामा १३ सदस्यीय नेतृत्व चयन गरेको छ । जस्को बरिष्ठ उपाध्यक्षमा कमल पोखरेल ,उपाध्यक्षमा कृष्ण सापकोटा,सचिबमा बलराम पौडेल,कोषाध्यक्षमा रबिन्द्र कुमार श्रेष्ठ,सह सचिबमा श्यामलाल पाण्डे र सह कोषाध्यक्षमा राजेश सुबेदी लगायत निर्बिरोध भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology