काठमाडौँ,असाेज ५ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् ।
सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)