Logo बिहिवार, आश्विन १ गते २०८३
images

जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली अर्पण

जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली अर्पण

  • 1.2K
    SHARES

  • जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली अर्पण

    दाङ,भदौ ३१ ।

    लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।

    यस्तै, प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

    आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

    बैठकले असोज ३ गते संविधान दिवस प्रदेशभर मनाउने र प्रदेश राजधानी परिसरमा दिवस समारोहको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दिने निर्णय गरेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरीले जानकारी दिइन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology