Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेसले बुझायो ईलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापन पत्र

काँग्रेसले बुझायो ईलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापन पत्र

  • 1.0K
    SHARES

  • काँग्रेसले बुझायो ईलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापन पत्र

    बुटवल,भदौ ३१ ।


    शान्ति सुरक्षाको माग गर्दै नेपाली काँग्रेसले ईलाका प्रशासन कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।

    जेन–जी समुहका युवा विद्यार्थीहरुले गरेको आन्दोलनमा भएको घुसपैठका कारण राष्ट्रिय सम्पदा, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीका घटना भएको र यसकै आडमा चोरी–लुटपाटजस्ता आपराधिक गतिविधि बढेको उल्लेख गर्दै सर्वसाधारण आम नागरिकले सुरक्षित भएको अनुभूति गर्नेगरी शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरिएको हो

    नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याललाई बुझएको ज्ञापन पत्रमा शान्ति–सुरक्षाको कमजोर अवस्थाले विद्यार्थी, कर्मचारी, मजदुर, व्यवसायी र महिला सबै वर्ग गम्भीर मानसिक दवावमा परेको र आगामी चाडपर्वलाई दृष्टिगत गर्दा आपराधिक गतिविधि अझ बढ्न सक्ने चिन्ता प्रकट गरिएको छ ।
    पार्टीका क्षेत्रीय सभापति प्रजापाल गिरीद्वारा हस्तारित ज्ञापन पत्रमा संवैधानिक अधिकारअनुरूप नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन इलाका प्रशासन कार्यालयमार्फत सम्बन्धित सुरक्षा निकायलाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न माग गरिएको छ । 
    ज्ञापनपत्रमा आन्दोलनमा अराजक तत्वहरूको घुसपैठका कारण ठूलो संख्यामा आन्दोलनकारीको मृत्यु हुनुका साथै कैयौं गम्भीर घाइते भएको उल्लेख गरिएको छ । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।5c0f4a418ce56320cea9b484744956b7.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, भाद्र ३१ २०८२०८:५२:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology