Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन जना मन्त्री नियुक्तिको सिफारिस, सपथ भोलि

प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन जना मन्त्री नियुक्तिको सिफारिस, सपथ भोलि

  • 1.5K
    SHARES

  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा तीन जना मन्त्री नियुक्तिको सिफारिस, सपथ भोलि

    काठमाडौं,भदौ २९ ।

    प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्री नियुक्तिको सिफारिस गर्नुभएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री कार्कीले आज साँझ तीन जनालाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएको हो ।

    पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा सिफारिस गरिएको हो ।

    खनाललाई अर्थ, अर्याललाई गृह र कानुन तथा घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    उहाँहरुको सपथ भोलि हुने बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २९ २०८२१०:१२:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology