बुटवल,माघ १९-
नेपाली काँग्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोधको जरुरी रहेको बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान ट्विट गरेर म्यानमानरमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् ।
निर्वाचन निष्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय भएको उनको भनाइ छ । प्रवक्ता शर्माले रोहिंग्या समुदायमाथि म्यानमारकी नेतृ आङ सान सूकीले देखाएको व्यवहार पनि अमानवीय भएको बताए ।
उनले लेखेका छन्, -#म्यानमार घटनाको विश्वव्यापी विरोध जरुरी l निर्वाचन निस्पक्षताको विवादित प्रश्नमा सैन्य प्रवेश निन्दनीय ! यधपी रोहिङ्या समुदायमाथी सुकि सत्ताको ब्यवहारको पुरानो घटना अमानवीय थियोl तर मानवीयताको बाटो फेरिपनी लोकतन्त्रनै हो lहामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा l
म्यानमारमा गएराति सेनाले सैन्य‘कू’, गरि आङ सान सूकीलगायत शीर्ष नेताहरुलाइ पक्राउ गरेको छ ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)