Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘ मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडेँ’ :सुमना श्रेष्ठ

‘ मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडेँ’ :सुमना श्रेष्ठ

  • 612
    SHARES

  • ‘ मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडेँ’ :सुमना श्रेष्ठ

    काठमाडौँ,भदाै २९ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएकी सुमना श्रेष्ठले पार्टी छोडेको घोषणा गरेकी छन्। उनले पार्टी परित्यागको घोषणा गर्दै पार्टी नेतृत्वको कार्यशैलीप्रति गम्भीर असहमति जनाएकी हुन्।

    श्रेष्ठले आफ्नो धारणामा भनेकी छन्, ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै मैले आलोचना गर्दै आएकी हुँ।’ उनले पार्टी नेतृत्वले कहिल्यै पनि आफ्ना गल्तीहरू स्वीकार नगरेको र आलोचना गर्नेहरूलाई मिडिया ट्रायल गराएको आरोपसमेत लगाएकी छन्।’

    श्रेष्ठले पार्टीले गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ सबैले बोक्नुपरेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। उनका अनुसार, उनले निरन्तर आलोचना गर्दा पनि कुनै फरक नपरेको र उल्टै मिडिया ट्रायलको सिकार बन्नुपरेको छ, जुन उनको लागि स्वीकार्य छैन।

    ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला,’ उनले लेखेकी छन्, ‘मैले पार्टी छोडेँ।’ श्रेष्ठले आफ्नो नेपाली कांग्रेस र नेकपा एमालेका तेस्रो पुस्ताका नेताहरूलाई पनि लक्षित गर्दै सुझाव दिएकी छन्। उनले ती पार्टीका नेताहरूलाई वर्तमान असहज परिस्थितिको प्रमुख कारण उनीहरूको नेतृत्वको ‘बहेरापन’ भएको बताएकी छन्।

    ‘त्यो किन बोकेर बस्नु हुन्छरु अहिले सही समय आएको छ,’ उनले भनेकी छन्, ‘आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस्। कि हटाउनुहोस्, कि हट्नुहोस्।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology