Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तरिम सरकार समावेशी बनाउनका लागि मेरो शिक्षा मन्त्रालयमा दावी : किरण विक

अन्तरिम सरकार समावेशी बनाउनका लागि मेरो शिक्षा मन्त्रालयमा दावी : किरण विक

  • 1.6K
    SHARES

  • अन्तरिम सरकार समावेशी बनाउनका लागि मेरो शिक्षा मन्त्रालयमा दावी : किरण विक

    बुटवल, भदौ २८ ।  

    जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम सरकार समावेशी हुनुपर्ने माग गरिएको छ । रुपन्देहीका किरण बिकले समावेशिताका लागि आफूले शिक्षा मन्त्रालय दावी गरेको बताए ।

    शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै विकले आफू जेनजी आन्दोलनमा रचनात्मक रुपमा सहभागी भएको बताउँदै युवाहरुले नागरिक क्रान्ति गरेको बताउँदै अन्तरीम सरकारमा आफ्नो दावी प्रस्तुत गरेका हुन ।

    जेनजी आन्दोलनले नयाँ क्रान्ति र युवाहरुमा नयाँ उभार ल्याएको बताउँदै अन्तरीम सरकारको प्रधानमन्त्रीमा सुशिला कार्की नियुक्त भएकोमा खुशी व्यक्त गर्दै सरकार समावेशि र उत्पीडित समुदायले अपनत्व गर्नेखालको हुनुपर्ने माग गरे । 
     अघिल्ला सरकारले समानुपातिक समावेशिताको पालना नगरेपछि ठूलो समुदायमा असन्तोष फैलिएको बताउँदै जेनजी आन्दोलनले त्यस्ता आवाजलाई पनि आत्मसात गरेको उनको दावी छ ।

    ‘नयाँ बन्ने अन्तरिम सरकारमा बहुलता, समावेशिता र सीमान्तकृत समुदायको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्मार्छ’ विकले भने । बुटवल निवासी ३२ वर्षीय बिकले आफू दलित उत्पीडित समुदायको प्रतिनिधि पनि भएकोले अन्तरिम सरकारको सदस्यमा दाबी गर्ने अधिकार रहेको बताए ।

    उनले अवसर पाएको खण्डमा शिक्षा मन्त्रालयमा उल्लेखनीय सुधार गर्न सक्ने विश्वास समेत व्यक्त गरे।विकले प्रधानमन्त्री सुशिला कार्की, जेनजी आन्दोलनकारी तथा सरोकारवालासमक्ष अवसर प्रदान गर्न बिकले आग्रह गरेका छन्।

    यसअघि नेकपा एमाले निकट अनेरास्ववियूमा रहेर काम गरेका बिकले एमाले छोड्नु आफ्नो राजनीतिक जीवनको सबैभन्दा सही निर्णय भएको बताए। उनले नयाँ क्रान्तिको पहिलो उपलब्धी नै देशले पहिलो महिला प्रधानमन्त्री प्राप्त गरेको भन्दै खुशी व्यक्त गरे। उनले आफू बुटवल र भैरहवाको जेनजी आन्दोलनमा सहभागी भएको तर, तोडफोड र आगजनी गर्ने जेनजी समूह हुन नसक्ने बताए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र २८ २०८२१०:२८:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology