बुटवल,भदौ २६ ।
नेपाली कांग्रेस क्षेत्र न २ रूपन्देहीले संविधानको जगमा टेकेर बिधिको शासन स्थापित गर्नुपर्ने बताएको छ ।लोकतन्त्रलाई जनमुखि, सेवामुखि र जनताको समस्या समाधान गर्ने पद्धतिमा प्रभावकारी बनाउने गरि कानुनको निर्माण गर्नुपर्ने कांग्रेसको ठहर छ । क्षेत्रिय सभापति प्रजापाल गिरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा
भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि GEN Z समूहले २०८२ भाद्र २३ र २४ गते सन्चालन गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ भनिएको छ ।
साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते हुनु भएका युवाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
हेरौं बिज्ञप्ति :
बिधिको शासन र कानुनको सर्वोच्चताबाटै समाधान पहिल्याऔं ।
भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि GEN Z समूहले २०८२ भाद्र २३ र २४ गते सन्चालन गरेको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। आन्दोलनका क्रममा घाइते हुनु भएका युवाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
शान्तिपूर्ण रुपमा भेला भै आन्दोलन गर्न पाउने सम्वैधानिक अधिकार प्रयोग गरिरहेका निहत्था जेन जी समूहमाथि भएको सरकारी दमन र बल प्रयोगको घोर निन्दा गर्दछौं । वेथिति, भ्रष्टाचारको अन्त्य र शुसासनको आव्हान सहित शान्तिपूर्ण आन्दोलन गरिरहेका जेन्जी पुस्ताको आन्दोलनमा निहित स्वार्थ समूहले घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमाथि गरेको आगजनी, तोडफोड र व्यक्ति माथिको सुनियोजित आक्रमणको घोर भत्सर्ना गर्दछौं ।
जेन्जी पुस्ता प्रबिधी र इन्टरनेटलाई भरपुर प्रयोग गर्ने जीवन पद्धति बनाएका पुस्ता मात्रै होइनन । यो पुस्ता लोकतन्त्र, लोकतान्त्रीक मुल्य मान्यतालाई आफ्नो जीवन पद्धतिको रुपमा अङ्गिकार गरेको पुस्ता समेत हो भन्ने कसैले बिर्सनु हुँदैन । जेन्जी पुस्ता जोस मात्र होइन यो पुस्ता सृजनात्मक चेत बोकेको राष्ट्रको शक्ति र सामर्थ्य हो । यो पुस्ताले उठाएका मागलाई सम्बोधन गर्न देश र सबै राजनितिक दल जिम्मेवार बन्नुपर्छ । ठुलो बलिदानीपूर्ण सघर्ष बाट स्थापित हाम्रो प्रजातन्त्र /लोकतन्त्र ले कैयौपटक देशि बिदेशि शक्ति केन्द्रको प्रहार सहदै यहासम्म आएको छ । लोकतन्त्रलाई जनमुखि, सेवामुखि र जनताको समस्या समाधान गर्ने पद्धतिमा प्रभावकारी बनाउने भनेकै प्रयाप्त कानुनको निर्माण गर्नु हो । कानुनको पालना गराउने शक्तिसम्पन्न सस्था / सयन्त्र निर्माण र कानुनत परिचालन बाट मात्र शुसासन सम्भव छ भनेर नै यसका लागि आवस्यक सरचना निर्माण भएका थिए/भैरहेका थिए । यि सस्थाहरु लाई निष्पक्ष, पारदर्शि र छरितो कार्यसम्पादन गर्न सक्ने बनाउन त्यसै अनुरुपका बाकि कामहरु गर्नुपर्ने अहिलेको महत्वपूर्ण जिम्मेवारी र आवस्यक्ता सबैले बोध गरिरहेकै बेला जेन्जी समुह ले सन्चालनले गर्ने यो आन्दोलनले देशमा भ्रष्टाचार अन्त्य गर्दै शुसासन को अवस्था निर्माण गर्न बल पुग्ने सबै राजनैतिक दलले महसुस गरेकै थिए । तर आन्दोलनको आडमा लोकतन्त्र र समुन्नत नेपाल देख्न नरुचाएका जेन्जी आन्दोलन बिरोधि घुसपैठ समुहले देसका महत्वपूर्ण र सम्वेदशिल सस्थाहरुलाई छिटटै उठ्न नसक्ने गरि सरकारी दस्ताबेज सदाका लागि मेटाउन सकिन्छ कि भनेर आगजनि गर्दै ध्वस्त बनाएका छन । जेलमा रहेका कैदी बन्दी भगाएका छन । न्याय सम्पादन गर्ने अदालत रोजिरोजि जलाएका छन । सिहदरवार र जनताको दैनिक जीवन सग जोडिएका स्थानिय पालिकाका कार्यालय जलाएका छन । बैक फोरिएको छ, जलाइएको छ । व्यवसायीक प्रतिष्ठान लुटिएका छन, चोरिएका छन । यी सबै घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्द्छौं ।
लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो र रजनैतिक दलको बिकल्प राजनैतिक दल नै हो भन्ने राम्ररी बुझेका जेन्जी समुहलाई बदनाम गराउन सुनियोजित रुपमा पार्टि कार्यालय, सामाजिक सघ सस्था र इतिहास बोकेका एतिहासिक व्यक्तित्वका शालिक ढलाइएका छन, जलाईएका छन, लुटिएका छन । यहि क्रममा नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न -२ को कार्यालयमा समेत तोडफोड र आगजनि भएको छ । यस्ता खाले अराजकता को हामी खुलेर भ्रत्सना गर्द्छौं र दोषी उपर कारबाहीको माग गर्दछौं ।
जीवनभर लोकतन्त्र प्राप्तिका लागि संघर्ष गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत आस्थाका आधारमा हमला गरिएका सबै राजनितिक नेतृत्व माथि भएको आक्रमणको निन्दा गर्दै र दोषि उपर कारबाहीको माग गर्दछौं ।
यि घटनाक्रमबाट देश आक्रान्त छ नागरिक हतास भएका छन । अब के हुने हो भनेर आमनागरिक आतिएका छन । त्यसैले पार्टिका नेतृत्व गण, भातृ तथा शुभेच्छुक सघसस्थाका नेता साथीहरु यस्तो सम्वेदनशिल, तरल र राजनैतिक शुन्यताको अवस्थामा समाजलाई खराव तत्वले अझ बढि आतकित बनाउने प्रयत्न पनि हुन सक्छ । तसर्थ देशमा अफ्ठ्यारो परिस्थिति आउदा काग्रेस जहिले जनताको साथि र समस्या समाधानको केन्द्र भएर उभिएको हाम्रो गौरवशाली इतिहास, ति महान शहिद हरुलाई सम्झेर समाजलाई सम्हाल्नुपर्ने दायित्व आएको छ ।
केन्द्रीय स्तरमा पार्टि नेतृत्व बिच छलफल र परामर्श चलिरहेको छ । यो परिस्थितिमा शान्त, सयम र धैर्य भएर रहन अपिल गर्दछौ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)