Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिन्थ्यो,संसद बिघटनको मुद्धामा सर्बोच्चले न्याय दिनेछ’ : डा. मिनेन्द्र रिजाल

‘पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिन्थ्यो,संसद बिघटनको मुद्धामा सर्बोच्चले न्याय दिनेछ’ : डा. मिनेन्द्र रिजाल

  • 3.4K
    SHARES

  • ‘पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिन्थ्यो,संसद बिघटनको मुद्धामा सर्बोच्चले न्याय दिनेछ’ : डा. मिनेन्द्र रिजाल

    बुटवल,माघ १८-

    नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको आरोप लगाएका छन् ।

    उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताएका छन् ।  सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको स्मरण छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनले बताए ।

    रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने- ‘अहिले संविधान नै ठिक ठाँउमा छैन,संविधान नभएको अवस्थामा भएको चुनावको के अर्थ हुन्छ ? ’उनले भने ।

    पञ्चायतको कालो लिनमा त अदालतले न्याय दिएको स्मरण गर्दै डा.रिजालले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने बताए ।

    उनले भने-‘ओलीको असंबैधानिक कदमलाइ अदालतले असंबैधानिक नै भन्छ ,संसद पुनर्थापना हुन्छ । ’निर्वाचन गराउनकै लागि मिति तोकिएको भए पार्टी किन फुटाए भन्दै उनले प्रतिप्रश्न गरे ।

    ओलीले प्रधानमन्त्री हुँदादेखि नै संविधानको खिलाप काम गरेको उनको आरोप छ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उहाँको भनाइ छ ।

    ओली हिटलरभन्दा पनि खतरनाक रहेको भन्दै नेता रिजालले हिटलरलाई जनताले जसरी खेदेका थिए त्यसरी नै उहाँलाई पनि सडकबाटै जनताले ठेगान लगाउने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology