Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तु वन क्षेत्रमा मानव कङ्काल फेला

कपिलवस्तु वन क्षेत्रमा मानव कङ्काल फेला

  • 1.1K
    SHARES

  • कपिलवस्तु वन क्षेत्रमा मानव कङ्काल फेला

    कपिलवस्तु, भदौ २२ ।

    कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा शनिबार मानव कङ्काल फेला परेको छ ।

    स्थानीयले बाणगङ्गा नगरपालिका कार्यालयदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको वन क्षेत्रमा मानव कङ्काल देखेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली खटिएको थियो ।

    प्रहरी निरीक्षक लोकेन्द्र जिसीको कमान्डमा खटिएको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको थियो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रारम्भिक विवरण अनुसार कङ्काल महिला वा पुरुषको हो भन्ने छुट्टाउन नसकिने अवस्थामा भेटिएको हो । प्रारम्भिक अनुसन्धान पछि फेला परेको कङ्काललाई पिपरा अस्पतालमा लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology