Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • 867
    SHARES

  • रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    दाङ, भदौ २२ ।

    लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्तप्रसाद कोइरालाले हात पार्नुभएको छ ।

    राप्ती गाउँपालिकास्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा सबैभन्दा पहिले यात्रा पूरा गर्दै कोइरालाले उपाधि हात पार्नुभएको हो ।

    प्रतियोगितामा ४५ जना कर्मचारीले भाग लिनुभएकोथियो । प्रमुख सचिव बावुराम अधिकारीसहित रोड रेसमा सहभागीहरूमध्ये अधिकांशले यात्रा पूरा गर्नुभयो ।

    रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौं युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैटौं वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी, सातौं प्रदेश सभा सचिवालयका अशोककुमार घर्तिमगर, आठौं प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय, नवौं उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर र दशौं स्थानमा प्रदेश सभा सचिवालयका किरणकुमार थारू बन्नुभयो । प्रदेशमा तीन दिन विविध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको छ ।

    आइतबार झाँकी प्रदर्शन र मूल समारोह हुँदैछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology