Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकिकरणपछि बनेको शुभ स्वागतम सहकारीको अध्यक्षमा बस्याल निर्वाचित

एकिकरणपछि बनेको शुभ स्वागतम सहकारीको अध्यक्षमा बस्याल निर्वाचित

  • 1.2K
    SHARES

  • एकिकरणपछि बनेको शुभ स्वागतम सहकारीको अध्यक्षमा बस्याल निर्वाचित

    बुटवल,भदौ २१ ।

    बुटवल–११ कालिकानगरमा रहेका दुइ सहकारीको एकिकरणपछि आज साधारणसभा भएको छ ।

    समान प्रकृतिका  दुई सहकारीहरु शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्वागतम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको थियो ।

     बुटवल उपमहानगरपालिका सहकारी विभागबाट स्वीकृत भई  २०८२ साउन १ गतेदेखि शुभ स्वागतम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सञ्चालित भएको सहकारीको शनिबार बुटवलमा  प्रथम साधारणसभा तथा  अधिवेशन सम्पन्न भएको छ ।
    सहकारीका तदर्थ समितिका अध्यक्ष कपिलदेव गौतमको अध्यक्षतामा  भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष  रामचन्द्र क्षेत्रीको प्रमुहख आतिथ्यता रहेको थियो ।
    वडा अध्यक्ष क्षेत्रीले बोल्दै दुई सहकारी मर्जर प्रक्रियाले संस्था आर्थिक रुपमा बलियो बन्ने बताए । उनले सहकारीमा सञ्चालक समितिको निगरानी र आर्थिक पारदर्शीता भएमा सहकारीमा समस्या नहुने भन्दै केही सहकारी बन्द हुँदैमा सबैलाई  एउटै डालोमा राख्न नहुने बताए ।
    कार्यक्रममा सहकारीका अध्यक्ष कपिलदेव गौतमले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष छबिलाल  खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।  कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष हरि प्रसाद पौडेल, सेयर सदस्यहरु कमल पन्थी र दुर्गा आचार्यलगायतले मन्तव्य राखेका थिए ।  सहकारीमा  शेयर पूँजी ३,७५,१०,०००, निक्षेप बचत  १,५०,१६,००,६१५÷३१,  कर्जा लगानी १३,०९,९०,८ २४ रहेको छ । सहकारीमा हाल १ हजार ५ सय ४३ जना सदस्यहरु आवद्ध रहेका छन् ।

    कार्यक्रममा पूर्व अध्यक्षहरु विभिषण कुमार केसी, हरि प्रसाद पौडेल, ज्येष्ठ सेयर सदस्य, कक्षा १२ मा उत्कृष्ट जीपीए ल्याउने  सेयर सदस्यका छोराछोरीलगायतलाई सम्मान गरिएको थियो ।
    प्रथम अधिवेशनबाट कुल प्रसाद बस्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

    जसको उपाध्यक्षमा रविन्द्र कार्की,सचिवमा धु्रवप्रसाद पाण्डे,कोषाध्यक्षमा प्रिया पाठक भण्डारी सर्वसम्मतरुपमा चयन भएका छन् ।
    त्यस्तैगरी सहकारीको कार्यसमिति  सदस्यहरुमा सुवासचन्द्र ढकाल,दीपक आचार्य,कुमारी बिमला बेल्बासे,उज्वल केसी,खिमानन्द भण्डारी, लेखा सुपरीवेक्षण समिति संयोजकमा  विष्णु प्रसाद भण्डारी, लेखा समिति सदस्यहरुमा प्रकाश खनाल र दीपाचन्द ठकुरी  चयन भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको सिङ्गो टिमलाई निर्वाचन  समितिका संयोजक शालिकराम पौडेलले  पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology