बुटवल,भदौ २० ।
लुम्बिनी वर्ल्ड स्कुलमा अध्ययनरत कक्षा ५ कि १० बर्षिय छात्रा मानवी खनाल कोडिङ ओलम्पिक्स २०२५ मा उत्कृष्ट भएकी छन् ।
सिङ्गापुर साइन्स सेन्टरद्वारा आयोजित कोडिङ ओलम्पिक्स २०२५ मा शीर्ष २० प्रतियोगीहरु मध्येको सूचिमा आफ्नो स्थान सुरक्षित गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित बनाएकी छिन्।
यो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा सिङ्गापुर, नेपाल, थाइल्याण्ड, चीन, क्याम्बोडिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स र ताइवान गरी १० देशका एक हजारभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
र उनले नेपालका सबै प्रतियोगी मध्ये आफूलाई अब्बल साबित गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च राख्न सफल भएकि हुन्। मानवीको सिर्जनात्मकता, समस्या समाधान क्षमता र लगनशीलताले उनीलाई बाल्यकालमै अन्तर्राष्ट्रिय पहिचान दिलाएको हो।
मानवीको सफलता नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रिय शैक्षिक तथा प्राविधिक मञ्चमा निरन्तर उभिँदै गएको र नेपालका हरेक क्षेत्रमा रहेका बिद्यालय अनि बिद्यार्थीहरुमा हुने गुणस्तरीय अध्यापन-अध्ययन को ज्वलन्त उदाहरणको रुपमा लिन सकिन्छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)