Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

  • 786
    SHARES

  • लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक

    वीरगञ्ज,भदौ १६  ।

    गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन्।

    नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको बताए ।

    ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक भूमि नेपालको हो । हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भन्दा कुनै पनि देशसँग हाम्रो सम्बन्ध बिग्रिनुपर्ने कारण छैन,’ उनले भने, ‘यसमा मित्रराष्ट्र भारत र चीनले पनि चित्त दुखाउनुपर्ने कुनै कुरा छैन । त्यो भूमि हाम्रो हो । यसमा हामी प्रष्ट छौं।’

    गृहमन्त्री लेखकले प्रधानमन्त्री ओली चीन गएको अवस्थामा मित्रराष्ट्र भारत र चीनसँग हाम्रो भूमिलाई लिएर भएको सम्झौतामा आपत्ति जनाउनु सही भएको स्पष्ट पारे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology