Logo बिहिवार, आश्विन १ गते २०८३
images

गणतन्त्र अगाडि र पछाडिको नेपालबारे बुटवलमा विमर्श

गणतन्त्र अगाडि र पछाडिको नेपालबारे बुटवलमा विमर्श

  • 1.1K
    SHARES

  • गणतन्त्र अगाडि र पछाडिको नेपालबारे बुटवलमा विमर्श

    बुटवल, भदौ १४ ।

    माक्सवादी ज्ञान केन्द्रद्वारा प्रकाशित अनुसन्धानात्मक कृति ‘गणतन्त्र अगाडि र पछाडिको नेपालः तुलनात्मक अध्ययन’को शनिबार बुटवलमा विमर्श गरिएको छ ।

    पछिल्लो समय युवाहरुमा देखिएको निाराशा र नेपालमा अब केही हुन्न भन्ने भाक्ष्य तथ्यका आधारमा चिर्न र गणतन्त्रपछि भएका भौतिक तथा सामाजिक विकासको ग्रगतीलाई अध्ययन अनुसन्धान गरी तयार पारिएको पुस्तकमाथि बुटवलमा राजनीतिक नेतृत्व, लेखक अध्येता तथा पाठकहरुका विचमा विमर्श गरिएको हो ।

    माक्र्सवादी ज्ञान केन्द्र रुपन्देहीद्धारा आयोजित विमर्शमा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव एव पूर्व मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले पुस्तकले राजनीतिक परिवर्तनपछि भएका विकासका सूचकहरुलाई सकरात्मक रुपमा उजागर गर्ने काम गरेको बताए ।

    उनले राजनीतिक परिवर्तनका हिसाबले सफलता प्राप्त गरेको भएपनि अब जनताको जीवनमा अनुभूती गराउने गरी परिवर्तनलाई संस्थागत गर्न बाँकी रहेको बताए । उनले २०६४ सलायताको विकासले आशावादी बनाएको तर, समाजको सामन्तवादको अबशेष अझै बाँकी रहेको बताए ।538332737_773948265587934_4910779321455998303_n.jpg

    यस्तै कृतिको विमर्शमा पुस्तकका सम्पादक मनहरि तिमिल्सिनाले विकसित भनिएका मुलुको त्ुलनामा सामाजिक सूचकका नेपालको राम्रो प्रगति भएको तर सामाजिक मनोविज्ञान निकै कमजोर रहेको तथ्यहरुलाई पुस्तकमा समावेश गरिएको बताए ।

    उनले पुस्तकमा अति विकसित देशरुसँग नेपालको तुलनामा नेपालमा केही पनि भएन भन्ने तथ्यलाई अस्विकार गरेको बताए । पुस्तकमाथि टिप्पणी गर्दै अध्येयता लेखक रामचन्द्र श्रेष्ठले नेपालको संविधान २०७२ मा गणतन्त्र, संघयिता,  धर्मनिरपेक्षता र समावेशिता खुट्टा भएको बताउँदै राजनीतिक पार्टीहरुमा आन्तरीक लोकतन्त्र नरहेको बताए । उनले दलहरुलाई दलाल पूँजीवादीहरुले हाईज्याक गरेको बताए ।

    उनले पुस्तकमा प्रस्तुत तथ्यहरुसँगै समाजमा उत्पन्न असन्तुष्टि अग्रगमनकै लागि भनेर बुझ्नुपर्नेमा जोड दिए । पुस्तकमा लेखक सुमिना, अधिवक्ता रक्षाराम हरिजनले टिप्पणी गर्दै प्ुस्तकले देशभित्र र वाहिरको बारेमा गणतन्त्र अगाडि र पछाडिको तथ्यहरु प्रस्तुत गरेको बताए ।

    विमर्शमा नेकपा एमालेका केन्द्रीय सदस्य शिवराज सुवेदी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापती भुवन श्रेष्ठ, नेपाल कम्यूनिष्ट पार्टी पोलिटब्यूरो सदस्य भेषराज भुसाल, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाबुलाल यादव, माक्सवादी ज्ञान केन्द्र रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी,उपाध्यक्ष कृष्ण भुसाल, सचिव दीपक न्यौपानेले बोल्दै पुस्तकले तथ्यहरु मार्फत गणतन्त्रपछिको उपलब्धीलाई उजागर गरेको बताए ।पुस्तकबारे ७ प्रदेशका विभिन्न १० ठाउँमा विमर्श कार्यक्रम गरिने माक्र्सवादी ज्ञान केन्द्रका महासचिव सुदीप न्यौपाने (हुमनाथ) ले जानकारी दिए ।

    पुस्तकको निमानन्द रिजाल, विशेश्वर कट्टेल, जानुका पराजुली, डा. जन्मजय बन्जाडे, प्रा.डा. सुरेन्द्र गिरी, अशोक पाण्डे, सूर्यबहादुर घिमिरे, मुकुन्द भट्टराई, सम्झना वाग्ले भट्टराई, डा. रूमा मानन्धर, दीपक सापकोटाले शोध तथा लेखन र सम्पादन गरेका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology