Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलकै पुरानो शिवालय मन्दिरको चौथो वार्षिक साधारणसभा

बुटवलकै पुरानो शिवालय मन्दिरको चौथो वार्षिक साधारणसभा

  • 903
    SHARES

  • बुटवलकै पुरानो शिवालय मन्दिरको चौथो वार्षिक साधारणसभा

    बुटवल,१४ भदौ ।

    बुटवल–११ कालिकानगरमा रहेको शिवालय मन्दिर व्यवस्थापन समितिको चौथो वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

     शिवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद भण्डारीको  अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

    नगर प्रमुख पाण्डेले बोल्दै बुटवलको मुख्य ठाउँ कालिकानगरमा रहेको शिवालय मन्दिरले यस क्षेत्रको  धार्मिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुगेको बताए । IMG_5157.jpeg

    उनले समाजमा मानसिक तनावलाई व्यवस्थापन गर्न भजन किर्तन गर्दै सांगितिक कार्यक्रममा जोड्न मद्दत पुगेको बताए । उनले उपमहानगरले विभिन्न संघसंस्था तथा मन्दिरहरुलाई बाद्यवादनसहित तालिमहरु प्रदान गर्दै आएको बताए ।कार्यक्रममा  बुटवल –११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले  २०१५ सालमा स्थापना भएको यो मन्दिर सबैभन्दा पुरानो मन्दिर भएकोले पुजाआजाका लागि आउने भक्तजनहरुको  घुईचो  लाग्ने बताए ।

     कार्यक्रममा शिव टोल विकास संस्थाका अध्यक्ष तथा मन्दिरका सल्लाहकार शालिकराम पौडेल, कालिका मानवज्ञान मा.वि. बुटवलका अध्यक्ष नित्यानन्द ज्ञवाली, साधना महिला विद्यालयका प्राचार्य विष्णु गौतम, भागवत पण्डित चन्द्रकान्त काफ्लेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    साधारणसभामा अध्यक्ष रुद्रप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष कमल प्रसाद पन्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

    कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद भण्डारीले बोल्दै मन्दिर स्थापनादेखि हालसम्म विभिन्न प्रकारले सहयोग गर्ने सबै महानुभावहरुप्रति सम्मान व्यक्त गर्दै हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए ।

    कार्यक्रममा अक्षय कोषमा आर्थिक सहयोग गर्ने दाताहरु  र महाअनुष्ठानमा  आजीवन सदस्यता लिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

    मन्दिरमा हालसम्म नियमितरुपमा  नृत्य पुजा, आरती, भजनकिर्तन, योगसाधनालगायतका धार्मिक गतिविधि सञ्चालन हुँदै आएको छ ।
    शिवालय मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण ज्ञवालीको  स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव तारादेवी लम्सालले गरेकी थिईन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology