Logo बिहिवार, आश्विन १ गते २०८३
images

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

  • 1.1K
    SHARES

  • भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा

    काठमाडौँ,भदौ १३ ।

    निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

    निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । उनीहरूले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।

    यस्तै नेपाल शिक्षक महासङ्घले प्रतिनिधिसभामा रहेको विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै हिजो नेपाली कांग्रेसको कार्यालय घेरा घरेकोमा आज नेकपा एमालेको कार्यालय घेराउ गरेको छ । विगतमा भएको सहमति अनुसार प्रतिनिधिसभाबाट विधेयक सच्याउन महासङ्घले माग गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology