Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री प्रकाशमान सिंह

उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री प्रकाशमान सिंह

  • 1.5K
    SHARES

  • उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्छ : उपप्रधानमन्त्री  प्रकाशमान सिंह

    बुटवल, भदौ ११ ।

    उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले कालोबजारी र महँगी नियन्त्रण गर्ने बताउनु भएको छ । 

    चाडबाड नजिकिएसँगै बजारका कालोबजारी र महँगी बढेको गुनासो आउने गरेको भन्दै सरकारले कडाइका साथ अनुगमन गरिरहेको बताउनुभयो । 

    नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले बुधबार  बुटवलमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता : उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उपभोक्ताले सहज र सुलभ रूपमा स्वस्थ खाद्यान्न पाउनुपर्नेमा सरकार प्रतिबद्द रहेको बताउनुभयो ।IMG_5046.jpeg

    उहाँले चाडबाडको मौका छोपेर कालोबजारी गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरेको पाइएमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो । उपप्रधानमन्त्री सिंहले उपभोग्य वस्तुको आन्तरिक उत्पादन बढाउनुपर्नेमा पनि जोड दिनुभयो । अहिलेको सरकार जनताको जीवन र जिविकाप्रति गम्भीर रहेको भन्दै उहाँले उपभोक्ताको हकअधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अन्तरसंवादले उपभोक्ताको हकअधिकार सुरक्षित गर्ने र उपभोक्तामैत्री नीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । IMG_5031.jpeg

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य गंगा शाही,प्रदेश सभा सदस्य जमुना ढकाल,नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, आपूर्ति तथा उपभोक्ता विभाग संयाेजक गुरु बराल,लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठ, रुपन्देही सभापति रामकृष्ण खाँण,अर्घाखाची सभापति केशव श्रेष्ठ,बुटवल नगरप्रमुख तथा नगर सभापति खेलराज पाण्डेय, बुटवल उवासंघका अध्यक्ष हरि अर्याल,विभिन्न जिल्लाका कांग्रेसमा पार्टी सभापति, उद्योग वाणिज्य संघका अध्यक्ष प्रतिनिधि एवम् रूपन्देहीका उद्योगी व्यवसायी र उपभोक्ताहरूको सहभागिता थियो । IMG_5025.jpeg

     कार्यक्रममा सहभागीहरूले सीमावर्ती जिल्लाहरूमा अस्वस्थकर सामग्री भित्रिरहेकाले त्यसलाई रोक्नुपर्ने,  कालोबजारी नियन्त्रण गर्नुपर्ने र चाडपर्वको मुखमा महँगी नियन्त्रणमा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology