बुटवल,भदौ ११ ।
तिलोत्तमा वडा ४ को आयोजना तथा टोल बिकास सस्था संजाल तिलोत्तमा ४ को ब्यवस्थापनमा खुल्ला तीज गीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम डिङ्गरनगरमा रहेको जनज्योति माध्यमिक विध्यालयको प्रांगणमा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले तीज केवल धार्मिक पर्व मात्र नभई नेपाली महिलाहरूको सामाजिक, सांस्कृतिक र भावनात्मक अभिव्यक्तिको एउटा महत्वपूर्ण उत्सव भएको बताउनुभयो । उहाँले यसलाई सभ्य रूपमा मनाउन पनि आग्रह गर्नुभयो । 

त्यस्तै विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजलाइ भड्कीलो बनाउन नहुने बताउनुभयो । तिलोत्तमा ४ का वडा अध्यक्ष हरी बहादुर क्षेत्रीले हिन्दु महिलाहरूको महान् पर्व तिजलाइ रमाइलो पर्व भएको यसको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
यस्ता खालका कार्यक्रमले सस्कृतीको संरक्षण गर्नुका साथै बजारलाई चलायमान बनाउने बताउनुभयो । साथै उहाँले आगामी वर्षमा पनि तीज कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
उक्त कार्यक्रममा तिलोत्तमा ४ का नवर्तमान अध्यक्ष तथा जनज्योति मा वि का विध्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर ढकाल,पुर्व अध्यक्ष मानकाजी श्रेष्ठ ,आनन्दवन खानेपानी समुहका अध्यक्ष किशोर कुमार क्षेत्री , प्रहरी ईन्सपेक्टर रमेश बहादुर कुवर ,जेष्ठ नागरिक ,विभिन्न टोलका आमासमुहरू तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा दिनभर महिला दिदीबहिनीहरूले मौलिक भाकामा तिज गित गाएर नाचेर रमाइलो गरेका थिए ।
तिलोत्तमा ४ वडा टोल बिकास सस्था संजालका अध्यक्ष बसन्त गोधारको संम्योजनमा भएको कार्यक्रममा , तिलोत्तमा ४ कि वडा सदस्य रम्भा घिमिरेको स्वागत मन्तव्य गर्नुभएको थियो भने तिलोत्तमा ४ का वडा सचिव काशिराम ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)