बुटवल,भदौ ११।
अस्ट्रेलियामा रहेकी अर्घाखाँचीकी गिता पन्थीले लायन्स क्लव अफ बुटवल शान्तीदिप मार्फत बुटवल १५ उजेलापुर स्थित लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा सहयोग गरेकी छन् ।
जोन चेयर पर्सन लायन्स कमला ज्ञवालीको प्रमुख आथित्यमा आज एक कार्यक्रम गरी खाधान्न सहयोग प्रदान गरिएको हो
अर्घाखाँचिमा रहेको नानेज फाउण्डेसन मार्फत बिभिन्न संघ संस्थामा सहयोग गर्दै आएकि पन्थीले लायन्स क्लव अफ बुटवल शान्तिदिपको समन्वय मार्फत आश्रममा खाधान्न सहयोग गर्नु भएको उहाँका आफन्त तथा क्लबका पुर्व अध्यक्ष बिशाल पन्थीले बताए ।
यसका साथै उनले अर्घाखाँचि मालारानी गाँउपालीका बाँगिमा रहेको शान्ती माविमा प्रत्यक बर्ष बिस जना बिधार्थी लाई पुस्तकालय सामग्री उपलब्ध गराउदै आएकी छन । उता अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा अटिजम भएका बालबालिका लाई पढाउने बिधालयका एक जना शिक्षक लाई दुई बर्ष देखी तलब बितरण गर्नुका साथै पाठ्यपुस्तक पनि निशुल्क बितरण गर्दै आएको उनका आफन्त पन्थीले बताए ।
अष्ट्रेलियामै रहेका उनका श्रीमान नारायण पन्थीको सहयोगमा नेनाज फउण्डेसन संचालनमा रहदै आएको छ । २०७३ सालमा स्थापना भएको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमले शारिरिक रुपमा अपाङ्ग तथा अनाथ बालबालिकाको अभिावकत्व गर्दै आएको छ ।
कार्यक्रममा क्लवका पुर्व पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । स्थापना काल देखि बिभिन्न सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव शान्तिदिपले बर्ष ०२५÷०२६ पहिलो कार्यक्रम वृक्षारोपण पनि गरीसकेको छ । कार्यक्रमको सञ्चालन सचिव प्रकास अधिकारीले गर्नु भएको थियो भने अध्यक्षता क्लवका अध्यक्ष रामहरी भुषालले गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)