Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल -११ देवीनगरमा यस्तो भयो खुल्ला तीज गीत कार्यक्रम (फोटोफिचरसहित)

बुटवल -११ देवीनगरमा यस्तो भयो खुल्ला तीज गीत कार्यक्रम (फोटोफिचरसहित)

  • 2.6K
    SHARES

  • बुटवल -११ देवीनगरमा यस्तो भयो खुल्ला  तीज गीत कार्यक्रम (फोटोफिचरसहित)

    बुटवल,भदौ १० ।

    बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर चौपारीमा आज दिनभर मौलिक तीज गीत गाउँदै तीज पर्व धूमधामका साथ मनाईएको छ ।  

    जि ट्वाइन्टी फाईभ क्लबले हिन्दु महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा  देवीनगर चौपारीमा खुल्ला मौलिक तीज गीत कार्यक्रम गरिएको हो ।

    चौपारीमा हजारौंको संख्यामा उपस्थित भएका रुपन्देहीका स्थानीयले विभिन्न समुहमा जम्मा भएर मौलिक तीजका भाकामा नाचगान गरिएको क्लबका अध्यक्ष जगदीश न्यौपानेले जानकारी दिनु भयो । कार्यक्रममा करिब ४० हजार भन्दा बढि मानिसको उपस्थिती रहेको उहाँको दाबी छ  ।  

    देवीनगरका स्थानीय २५ जना युवाले २०७३ सालमा स्थापना गरेको क्लबले विगत ९ वर्षदेखि निरन्तर मौलिक परम्परालाई जगेर्ना गर्ने गरी चौपारीमा नाचगानसहित हरितालिका तीज मनाउँदै आएको उहाँले बताउनुभयो ।IMG_4859.jpegIMG_4939.jpeg

    कार्यक्रममा  प्रदेश सभाका सदस्य जमुना ढकालको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय , उपप्रमुख सावित्रादेवी अर्याल , वडा नं ११  का वडा अध्यक्ष रामचन्द्र खनाल क्षत्री लगायतको उपस्थिती रहेको थियो ।IMG_4845.jpegIMG_4873.jpeg

    क्लबका महासंचिब किशोर पंगेनीले धर्म,संस्कृति तथा परम्पराको  प्रबद्धनको लागि देवीनगर चौपारीमा मौलिकता झल्किने खालका नाचगान गरी हरितालिका तीज प्रत्येक वर्ष मनाउँदै आएको बताउनु भयो ।IMG_4885.jpeg

    सुरक्षा निकायकोसहयोगमा ५० भन्दा बढि स्वंयसेवक खटाएर कार्यक्रमलाई ब्यवस्थित रुपमा खुल्ला तीज कार्यक्रम गरिएको कार्यक्रमका संयोजक तेजेन्द्र खनालले जानकारी दिनु भयो । कार्यक्रमको दिनभर बुद्ध सामुदायिक टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology