Logo मंगलवार, श्रावण १२ गते २०८३
images

“ वन नियमावलीमा छुटेका विषय भए संशोधन प्रक्रिया अघि बढाउँछौं”’ :मुख्यमन्त्री चेतनारायण आचार्य

“ वन नियमावलीमा छुटेका विषय भए संशोधन प्रक्रिया अघि बढाउँछौं”’ :मुख्यमन्त्री चेतनारायण आचार्य

  • 1.3K
    SHARES

  • “ वन नियमावलीमा छुटेका विषय भए संशोधन प्रक्रिया अघि बढाउँछौं”’ :मुख्यमन्त्री चेतनारायण आचार्य

    दाङ, भदौ ९ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले निर्माण गर्दै गरेको वन ऐनमा साझेदारी वन व्यवस्थापनसँग सम्बन्धित विषयहरू समावेश गर्न प्रदेश सरकारले सुझाव दिने बताउनुभएको छ ।

    सोमबार साझेदारी वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशका प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उहाँले प्रदेशस्तरबाट आवश्यक सुझावहरू तयार गरी संघीय वन ऐनमा पठाइने जानकारी दिनुभयो । 

    ‘संघले वन ऐन बनाउन लागेको छ । त्यसमा प्रदेशले सुझाव पठाएर समावेश गराउनेछ । प्रदेशले साझेदारी वन व्यवस्थापनका लागि छुट्टै कार्यविधि बनाउँछ’ उहाँले भन्नुभयो, “नियमावलीमा छुटेका विषय भए  संशोधन प्रक्रिया अघि बढाउँछौं ।”

    साझेदारी वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले प्रदेश वन ऐन २०७८ र नियमावली २०७९ का प्रावधानहरू संघीय ऐन र नियमावलीसँग बाझिएको तथा केही महत्त्वपूर्ण विषय छुटेको भन्दै संशोधन आवश्यक रहेको सुझाव दिएको छ ।

    महासंघका अध्यक्ष राजेन्द्रप्रसाद चौधरीसहित विभिन्न उपभोक्ता समूहका प्रतिनिधिहरूले ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशभित्रका साझेदारी वन उपभोक्ता समूहमा फरक–फरक अभ्यास भइरहेको र यसलाई समाधान गर्न नीतिगत संशोधन जरुरी रहेको बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology