Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवनमा १२ जनामा कोरोना पुष्टि,भरतपुर महानगरपालिकाका ९ जना

चितवनमा १२ जनामा कोरोना पुष्टि,भरतपुर महानगरपालिकाका ९ जना

  • 3.4K
    SHARES

  • चितवनमा १२ जनामा कोरोना पुष्टि,भरतपुर महानगरपालिकाका ९ जना

    बुटवल,भदौ २४- 

    चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् ।चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology