Logo मंगलवार, श्रावण १२ गते २०८३
images

९ वर्षिय बालिका गन्ना वि.कलाई ५० हजार १ सय रुपैयाँ आर्थिक सहयोग

९ वर्षिय बालिका गन्ना वि.कलाई ५० हजार १ सय रुपैयाँ आर्थिक सहयोग

  • 1.2K
    SHARES

  • ९ वर्षिय बालिका  गन्ना वि.कलाई ५० हजार १ सय रुपैयाँ आर्थिक सहयोग

    भैरहवा, भदौ ८ ।

    लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरले फिस्टुला थाईरोईडको उपचार गराइरहेकी ९ वर्षिय बालिकालाई आर्थिक सहयोगको गरेको छ ।

    क्लबले सिद्धार्थनगर नगरपालिका–७ निवासी गन्ना वि.क. लाई ५० हजार १ सय रुपैयाँ प्रदान गरेको हो ।

    भैरहवामा क्लबले एक कार्यक्रमकाबीच उक्त रकम बालिकालाई हस्तान्तरण गरेको हो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएपछि केही भए पनि सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गरिएको कार्यक्रम संयोजक माधव शर्माले बताउनुभयो ।

    उक्त रकमले बालिकाको उपचार तथा पढाइमा सहयोग पुग्ने शर्माले विश्वास व्यक्त गर्नुभयो । बालिकाको रेखदेख तथा लालनपालन हाल उनको बाजेले गरिरहनुभएको शर्माले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरले उत्कृष्ट कार्य गरेको बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने कतिपय कामहरु लायन्स लगायत सामाजिक संघ–संस्थाहरुले गरिरहेको बताउनुभयो ।

    त्यस्तै लायन्स सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले क्लबले मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले यसअघि पनि मानसिक रोगबाट पीडित बालकलाई क्लबले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।

    लायन्स सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा सचिव विक्रम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology