Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कार्यसम्पादनमा ९० अंकसहित रुरुक्षेत्र गाउँपालिका देशभरमै दोस्रो

कार्यसम्पादनमा ९० अंकसहित रुरुक्षेत्र गाउँपालिका देशभरमै दोस्रो

  • 1.4K
    SHARES

  • कार्यसम्पादनमा ९० अंकसहित रुरुक्षेत्र गाउँपालिका देशभरमै दोस्रो

    बुटवल ,भदौ ७

    गुल्मीको रुरुक्षेत्र गाउँपालिले कार्यसम्पादनमा लगातार अब्बल नतिजा निकालेको  

    जिल्लाका १२ स्थानीयतहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा रुरुक्षेत्र लगातार दास्रो वर्ष लुम्बिनी प्रदेशमा पहिलो र देशमै दोस्रो भएको

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार आर्थिक वर्ष २०८०-०८१ को सार्वजनिक गरेकोनतिजा अनुसार रुरुक्षेत्र गाउँपालिकाले ९० अंक ल्याउँदै लुम्बिनीका ७४ गाउँपालिकामा प्रथम देशभरका चारसय ६० गाउँपालिका मध्ये दोस्रो स्थान हासिल गरेको IMG_4594.jpeg

    प्रदेशमा प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाले १० वटा विषयगत क्षेत्रका सयवटा सूचकमा आफूलाई अब्बलसावित गर्दै शासकीय व्यवस्थापनमा , संगठन तथा प्रशासनमा , वार्षिक बजेट तथा योजना तर्जुमाव्यवस्थापनमा , वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३, न्यायिक कार्यसम्पादनमा , भौतिकपूर्वाधारमा १०.५०, सामाजिक समावेशीकरणमा , वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा तथा सहकार्य समन्वयमा . अंक प्राप्त गर्दै कूल ९० प्रतिशत अंक ल्याएको रुरुक्षेत्र गाउँपालिका लगातार दोस्रो पटकउत्कृष्ट नतिजा ल्याउन सफल भएको गत वर्ष पनि रुरुक्षेत्र गाउँपालिकाले ८७ अंक प्राप्त गरी देशभरबाटदोस्रो स्थान प्राप्त गरेको थियो

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ

    कार्यविधि अनुसार स्थानीय तहमा शासकीय व्यवस्थापन, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय सहकार्य गरी १० वटा क्षेत्रका सय सूचक सहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ

    स्थानीय तहको कार्य प्रक्रिया उपलब्धिहरूको बारेमा लेखाजोखा गरी सबल दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरूको जानकारी लिई आवधिक समीक्षाको लागि आधार प्राप्त गर्नआर्थिक वर्ष २०७६-७७ देखि स्थानीय तहको स्वमूल्याङ्कन गरिँदै आएको IMG_4594.jpeg

    स्थानीय तह संस्थागत क्षमतास्वमूल्याङ्कन स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा जिल्ला समन्वय समितिबाटपृष्ठपोषण भए पश्चात् सार्वजनिक गरिने व्यवस्था

    विभिन्न निकायहरूबाट मूल्याङ्कन हुने सूचकहरूलाई प्राथमिकता दिँदै स्थानीय सरकारले निर्माण गर्ने नीति तथाकार्यक्रम बजेट कार्यान्वयनमा जोड दिनुपर्ने रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणपाण्डेले बताए

    हामीले पालिकालाई उत्कृष्ट बनाउन निकै मेहनत गरेका छौँ कार्यपालिकाले ल्याएकायोजनाहरू जनमुखी छन् नागरिकहरूकै माग आवश्यकताका आधारमा वार्षिक नीति, योजना बजेट ल्याउनेगरेका छौँ,' प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भने

    पहाडी जिल्ला भौगोलिक विकटताकै कारण बढ्दो बसाइँसराइ दर रोक्नका लागि ल्याइएका योजनालेनागरिकमा उत्साह थपेको भन्दै एक घर- एक धारा, न्यूनतम विद्युत् महसुलमा छुट, एकीकृत सेवा मार्फत १४प्रकारको सेवा सहित घुम्ती शिविर, शिक्षामा सबैको पहुँच पुर्‍याउनछोरी बुहारीकार्यक्रम, निःशुल्क लोक सेवाआयोग तयारी कक्षा, नागरिकको गुनासो सुन्नहेलो रुरुक्षेत्रकार्यक्रम, कृषिमा आत्मनिर्भर हुन स्थानीयउत्पादनमा प्रवर्द्धन तथा बजारीकरणको व्यवस्था, भौतिक पूर्वाधार तथा पर्यटन प्रवर्द्धनका लागि विशेष योजना जातीय तथा सबै प्रकारका विभेद विरुद्ध सशक्तीकरण जनचेतनामूलक कार्यक्रमका साथै विपद् व्यवस्थापन खेलकुदका क्षेत्रमा प्रशस्त लगानी गरेको पाण्डेले बताए

    पालिकाले कार्ययोजना सहित कार्यसम्पादन गर्नेभएकाले कार्यक्षेत्रमा काम गर्दा सबै निकायको सहयोगले नै प्रदेशमा प्रथम देशभरमा दोस्रो पालिका हुन सफल भएको उनको जिकिर

    स्थानीय सरकारले निर्माण गरेको नीति तथा कार्यक्रमलाई जनप्रतिनिधि राष्ट्रसेवक कर्मचारीहरूको समन्वय सहकार्यबाट मात्र अपेक्षित नतिजा प्राप्त गर्न सकिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए स्थानीय सरकारले कार्ययोजना जनमुखी बनाउने नीति नियम विभिन्न सूचकका आधारमा कार्यसम्पादन गर्नेहो भने सकारात्मक नतिजा आउन कुनै समय लाग्दैन,’ ज्ञवालीले भने

    त्यसैगरी देशभरमा ९१.७५ अंक ल्याउँदै धादिङको बेनीघाट गाउँपालिका प्रथम भएको भने लिजामा लुम्बिनीप्रदेशमा रुरुक्षेत्र गाउँपालिका पहिलो, पाल्पाको रिब्दिकोट गाउँपालिका ८७.७५ अंक ल्याउँदै दोस्रो तथा गुल्मीकोधुर्कोट गाउँपालिका ८७.५० अंक प्राप्त गरी तेस्रो भएका छन्

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, भाद्र ७ २०८२१०:५०:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology