Logo बिहिवार, आश्विन १ गते २०८३
images

फिटनेश हव बुटवलको तीज मिलन कार्यक्रम सम्पन्न

फिटनेश हव बुटवलको तीज मिलन कार्यक्रम सम्पन्न

  • 9.2K
    SHARES

  • फिटनेश हव बुटवलको तीज मिलन कार्यक्रम सम्पन्न

    बुटवल,भदौ ७ ।

    रुपन्देहीमा जिम सेन्टरको एक छत्र राज गरिरहेको फिटनेश हव बुटवलले तीज मिलन कार्यक्रम गरेको छ ।50402572-d9f3-4b5b-916f-5df6557edf4a.jpeg

    शुक्रबार एक कार्यक्रमका बिच तिलोत्तमामा रहेको दि क्राउनमा तीज मिलन कार्यक्रम गरेको हो । सो कार्यक्रममा फिटनेश हवका संचालक तथा सेवाग्राही सबै गरेर १५० जनाको सहभागिता रहेको थियो ।IMG_4418.jpeg

    फिटनेश हवका अध्यक्ष पुरन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ इन्द्र राना र ट्राफिकका मधुसुदन न्यौपानेले आजकल मानिसहरूमा शारीरिक र मानसिक तन्दुरुस्तीको निम्ति पनि व्यायाम गर्न जरुरी रहेको बताउनुभयो ।

    सो अवसरमा बोल्दै  फिटनेश हव बुटवलका स‌चालक लोकेश थापाले पछिल्लो समयका आधुनिक जीमखानामा संगीतमय वातावरणमा कार्डियो यानी मुटु तथा स्वासप्रश्वासलाई फाइदा गर्ने व्यायाम, शरीरको वजन घटाउन वा बढाउन मद्दत गर्ने व्यायाम, पेट, कम्मर, खुट्टा, छाती, ढाड, काँध आदि सबै अंगलाई स्वस्थ राख्ने व्यायामहरू गर्न सिकाइने बताउनुभयो ।

    उहाँले अब आफूहरुले फिटनेश हव-३ मणिग्राममा खोल्ने तयारी गरेको बताउनुभयो ।cca4aa99-bb7b-4275-bda6-5c8b2d558830.jpeg

    कार्यक्रममा बोल्दै पत्रकार कपिल ज्ञवालीले जिम अहिले समग्र शारीरिक, मानसिक स्वास्थ्य राम्रो बनाउने साधनका रुपमा परिचित बनेको बताउनुभयो ।  डिप्रेसन, तनावसम्बन्धी रोगहरुबाट मुक्त हुनका लागि पनि जिम उपयोगी साबित भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष पुरन कार्कीले जिम स्वास्थ्यका लागि आवश्यक र लाभदायक हो भन्ने बुझ्न थालिएकोले अहिले सबै उमेरका मानिस जिम धाउन थालेको बताउनुभयो ।

    यस हवमा नेत्र थापा, पुरन कार्की ,लोकेश थापा, बिशाल खाम्चा ,आकाश शाह लगायतको लगानी रहेको छ ।

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology