Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यशोदा फुड्सद्वारा रुपन्देहीको भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालन

यशोदा फुड्सद्वारा रुपन्देहीको भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालन

  • 1.5K
    SHARES

  • यशोदा फुड्सद्वारा  रुपन्देहीको भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालन

    बुटवल,भदौ ७ ।

    आफ्ना उत्पादन एकै छानामुनी उपलब्ध गराउने उद्देश्यसहित रुपन्देहीको भैरहवामा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याइएको छ ।

    रुपन्देही तिलोत्तमा नगरपालिका–१५ स्थित यशोदा फुड्स प्रा.लि.ले सिद्धार्थनगर–७, नयाँ सडकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको हो । उद्योगबाट उत्पादित ५० बढी खाद्य उत्पादनहरु सर्वसाधरणलाई एउटै छानामुनी उपलब्ध गराउनका लागि प्रा.लि.ले भैरहवामा मार्ट सञ्चालनमा ल्याएको जनाएको छ ।current_mart.jpg

    कम्पनीका सञ्चालक मधुसुदन घिमिरेले करेन्टका पारखीहरुलाई लक्षित गरी यस्ता मार्टहरु विभिन्न सहरहरुमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । यसअघि कम्पनीले बुटवल र काठमाडौंमा करेन्ट प्वाइन्ट सञ्चालनमा ल्याएको छ । केही दिनमै काठमाडौंमा अर्को मार्ट खोल्ने तयारी गरिएको घिमिरेले बताउनुभयो ।

    कम्पनीले देशभर ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याउने अवधारण अन्तर्गत भैरहवाका शाखा विस्तार गरी शुभारम्भ गरेको हो । ‘करेन्ट मार्ट’ मा सर्वसाधरणहरुले उद्योगद्वारा उत्पादित करेन्ट ब्राण्ड अन्तर्गतका विभिन्न परिकारका तयारी चाउचाउको खरिद गरेर लैजान पाउनेछन् ।

    ‘करेन्ट मार्ट’ मा उद्योगद्वारा उत्पादित भान्सामा लाग्ने सबै ब्राण्डका परिकार राखेको र यहाँ सर्वसाधारणले इच्छाअनुसार कम्पनीका उत्पादित सामाग्री खरिद गरी स्वाद लिन सक्नेछन् ।

    मार्टमा उद्योगद्वारा उत्पादित विभिन्न परिकारप्रतिको सुझाव समेत संकलन गर्ने र आवश्यक सुझाव कार्यान्वयन गर्ने प्रालिले जनाएको छ ।

    विश्वबजारमा आफ्नो उत्पादनहरु निकासी गरिरहेको कम्पनीले मुलुकभर यस्ता करेन्ट मार्ट संचालनको योजना बनाएको कम्पनीका निर्देशक ऋषि भण्डारीले बताउनुभयो । उहाँले कम्पनीले उत्पादनसँगै सयौं किसानलाई कृषिप्रति आकर्षित गराएको जनाए ।current martt.jpg

    करेन्ट मार्टको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले उद्घाटन गर्नुभयो । उहाँले रुपन्देहीमा रहेको उद्योगले अन्तर्राष्ट्रिय बजारमा स्वाष्टि, गुणस्तरीय र लाभदायक चाउचाउ उत्पादन गरिरहेको जनाउँदै यसमा सबैले गर्व गर्नुपर्ने बताउनुभयो ।

    प्रालिले आफ्नो सबै उपभोग्य उत्पादन करेन्ट मार्टमा पाइने जनाएको छ । हरेक मानिसका चाउचाउ खाने पनि अनेक तरिकाहरु हुने जनाउँदै जसलाई ‘करेन्ट मार्ट’ बाट पस्किने जनाइएको छ । प्रालिद्वारा उत्पादित विभिन्न परिकारमा करेन्ट चाउचाउ, करेन्ट स्टिक्स, करेन्ट चिजबल्स, करेन्ट ओनियन रिंग्स, करेन्ट कप चाउचाउ, करेन्ट चिकेन मसाला, करेन्ट जिरा, करेन्ट चिया लगायत ब्राण्डका खाद्यवस्तु करेन्ट मार्ट उपलब्ध हुनेछन् ।

    करेन्ट ब्राण्डको नुडल्स विश्वका दुई दर्जन बढी मुलुकमा निर्यात हुँदै आएको छ । करेन्ट मार्टमा हाल ५ जनाले रोजगारी पाएका छन् । यता उद्योगमा भने प्रत्यक्ष ३ सय बढी रोजगाररत छन् । यस्तै, किसान, डिलरसहित अप्रत्यक्ष रोजगारी भने ५ हजार बढीले पाएको उद्योगले जनाएको छ । नेपाली बजारमा करेन्ट माग र खपत राम्रो छ ।

    उद्योगले बाह्य मुलुक मात्रै वर्षेनी अर्ब बढीको करेन्ट चाउचाउ निर्यात गर्दै आएको छ । मुलुकमा रुचाइएको र ग्राहकको स्वाद र सुझाव अनुसार मुलुकभर करेन्ट मार्टहरु सञ्चालन गर्ने तयारी उद्योगको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology