बुटवल,भदौ ७ ।
थोर्गा रूपन्देही सम्पर्क समाजको तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
रूपन्देहीको तिलोत्तमामा एक कार्यक्रमबिच तिज मिलन गरिएको समाजका अध्यक्ष ओम ज्ञवालीले बताउनुभयो । समाजका अध्यक्ष ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा शनिबार दिनभर मौलिक गीतमा नाचगान गरेर रमाइलो गरिएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संस्कृतिको संरक्षणमा चाडपर्वहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । सो अवसरमा सल्लाहकार तथा पुर्व अध्यक्ष रामप्रसाद पोखरेल,ज्ञानप्रसाद ज्ञवाली,मीन प्रसाद पोखरेल,उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेश्वर भण्डारी,सचिव षडानन्द पोखरेल लगायतले बोल्दै तीज पर्वको शुभकामना आदानप्रदान गरेका थिए ।

सहभागी दिदिबहिनी तथा दाजुभाइले अर्गानिक भाकामा गित गाएर नाचगान गरेका थिए । समाजले समयसमयमा रचनात्मक काम गर्दै आईरहेको छ । समाजले हरेक बर्ष तीजमा यसप्रकारको कार्यक्रम गर्दै आइरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)