Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीको रूरू क्षेत्र गाउँपालिका फेरिपनि उत्कृष्ट

गुल्मीको रूरू क्षेत्र गाउँपालिका फेरिपनि उत्कृष्ट

  • 3.6K
    SHARES

  • गुल्मीको रूरू क्षेत्र गाउँपालिका फेरिपनि उत्कृष्ट

    बुटवल,भदौ ३ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएको छ ।

    सञ्जालगत सेवा प्रवाह र सुशासन प्रवर्द्धनका आधारमा गरिएको मूल्याङ्कन अनुसार रुरु क्षेत्र गाउँपालिका २०८०/८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट ठहरिएको हो ।

    गाउँपालिकाले पाएको यो उपलब्धिलाई स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवा प्रवाहमा देखाएको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि मानिएको गाउंपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

    आफुहरूले गरेको कामको मुल्यांकन प्रति पालिकाले आभार ब्यक्त गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ ।

    आउँदो भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका (रुपन्देही), खैरहनी नगरपालिका (चितवन), नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका (धादिङ) तथा अर्जुनचौपारी गाउँपालिका (स्याङ्जा) लाई सम्मान गरिनेछ ।

    त्यस अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको औपचारिक शुभारम्भसमेत हुने मन्त्रालयले जनाएको छ ।

    IMG_4133.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology