Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल मोवाइल संघ रुपन्देहीद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

बुटवल मोवाइल संघ रुपन्देहीद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

  • 5.9K
    SHARES

  • बुटवल मोवाइल संघ रुपन्देहीद्वारा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

    बुटवल,भदौ २ ।

    बुटवल मोवाइल संघ, रुपन्देहीको आयोजनामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसर पारेर आफ्ना ब्यवसायी र उनीहरुका परिवारका बिचमा तीज मिलन कार्यक्रम गरेको हो ।

    कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले गरेकी थिइन् । त्यस अवसरमा उनले तीज पर्वको मौलिकतालाई जोगाउँदै जानुपर्ने बताउँदै समय परिस्थिति अनुसार तीज मनाउने प्रचलन पनि फेरिंदै गएको बताइन् ।IMG_4093.jpeg

    उनले पछिल्लो समय समाज परिवर्तन हुने गरी महिलाहरुले गीतमार्फत सामाजिक रुपान्तरणको अभियान चलाएको भन्दै संविधानले संस्थागत गरेका महिलाका हक अधिकारलाई गीतमार्फत उजागर गर्ने काम समेत भएको बताइन् ।

    कार्यक्रमा बोल्दै संस्थाका अध्यक्ष शिवदेव अर्यालले सुख दुख साट्ने वर्षको एकपल्ट संस्थाका सदस्यहरुका बीचमा मनोरन्जन प्रदान गर्ने गरी कार्यक्रम गरिएको बताए । तीज पर्वले सदस्यहरुका बीचमा एकता ल्याउने काम गरेको बताए ।

    मोबाइल संघका केन्द्रिय सदस्य विष्णु ज्ञवाली, पूर्व सल्लाहकार सकुन्तला पोख्रेल,प्रदेश उपाध्यक्ष डिएन भण्डारी,डिलर अध्यक्ष राजेन्द्र पाण्डे,सेल्स टिम रबिन गौतम लगायतले भनाई राखेका थिए ।

    कार्यक्रमको संचालन महासचिव शालिकराम क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।सहभागिहरुले दिनभर नाचगान गरेर रमाइलाे गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology