Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ नेपालमै उत्कृष्ट

रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ नेपालमै उत्कृष्ट

  • 1.6K
    SHARES

  • रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ नेपालमै उत्कृष्ट

    बुटवल,भदौ २ ।

    रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड (रुस्कून) नेपालमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) मा आवद्ध ६३ वटा जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड उत्कृष्ट भएको हो ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को ३८ औं स्थापना दिवसको अवसरमा यहि शनिबार काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा ‘नेफ्स्कून उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघलाई सम्मान गरेको छ ।

    नेफ्स्कूनमा आवद्ध नेपालभरीका ६३ जिल्ला मध्ये रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडलाई ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सर्बोत्कृष्ट भएको थियो ।

    कार्यक्रममा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘नेफ्स्कुन उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघ’ विधामा सम्मानित रुपन्देही जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

    कार्यक्रममा रुस्कूनका पदाधिकारीहरु लेखा समिति एवं व्यस्थापक सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology