Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्याब्सन रूपन्देहीले बुझायो छविलाल विश्वकर्मालाई ध्यानाकर्षण पत्र

प्याब्सन रूपन्देहीले बुझायो छविलाल विश्वकर्मालाई ध्यानाकर्षण पत्र

  • 1.2K
    SHARES

  • प्याब्सन रूपन्देहीले बुझायो छविलाल विश्वकर्मालाई ध्यानाकर्षण पत्र

    बुटवल, साउन ३१ ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन रुपन्देहीले विद्यालय शिक्षा विधेयक उपसमिति संयाेजक छविलाल विश्वकर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।


    शनिबार रुपन्देहीको मणिग्राममा आयाेजित एक कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले प्रस्तावित शिक्षा बिधेयकको सन्दर्भमा संस्थागत विद्यालयका सरोकार र मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।


    ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपसमिति संयाेजक विश्वकर्माले निजी विद्यालयहरुले नेपालकाे शिक्षा क्षेत्रमा गरेकाे याेगदानकाे प्रशंसा गर्दै शिक्षा विधेयक निजी विद्यालयकाे प्रतिकुल हुने गरी नआउने वचनबद्धता प्रकट गरे  ।


    निजी विद्यालयका मर्का र सबैको सरोकारलाई एकीकृत गर्दै सबैको अपनत्व र सम्मान हुने हिसाबले विधेयकलाई अगाडि बढाउन फराकिलो छलफल एवम् विमर्श गर्दै टुंगोमा पुर्याउन आफूहरु लागिपरेकाे उनकाे भनाइ थियोे ।
    साे अवसरमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्याैपाने, प्रदेश अध्यक्ष लालहरि पाण्डे ,पूर्व उपाध्यक्ष विष्णु पन्थी,पूर्व सचिवालय सदस्य लेखनाथ पौडेल लगायतले निजी विद्यालयहरूले १५ प्रतिशत पूर्ण  छात्रवृत्ति  दिन नसक्ने र निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाउनुपर्ने बताएका थिए ।
    कार्यक्रम प्याब्सन रूपन्देहीका सचिव बोधराज गौडेलको सञ्चालन र अध्यक्ष दीपक खनालको सभापतित्वमा सम्पन्न भएको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, श्रावण ३१ २०८२०६:३०:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology